४ नं प्रदेशस्तरीय ‘मेयर कप फुटबल’ प्रतियोगिता माघमा

बागलुङ, ९ पुस । प्रदेश नं ४ स्तरीय ‘मेयर कप फुटबल प्रतियोगिता–२०७४’ यहाँ आगामी माघमा हुने भएको छ बागलुङ नगरपालिकाको आयोजनामा हुने प्रतियोगिता माघ १६ देखि २४ गतेसम्म चल्नेछ । स्थानीय बाङ्गेचौर र भकुण्डे खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ । फुटबलको विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए नगरपालिका आफँैले पहिलोपटक ठूलो राशिको फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा भाग लिनका लागि ४ नं प्रदेशका सबै नगरपालिकालाई आह्वान गरिएको छ । “खेलकुद विकासलाई प्राथमिकतामा राखेर प्रतियोगिता राखेका हौँ”, नगरपालिका प्रमुख जनकराज पौडेलले भन्नुभयो । “खेलाडी र समग्र खेलजगत्लाई प्रतियोगिताले उत्प्रेरित गर्ने हामीले विश्वास लिएको छ ।”प्रतियोगिताका विजेताले रु दुई लाख २२ हजार २२२ र उपविजेताले रु एक लाख ११ हजार १११ प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु १० हजार, उत्कृष्ट गोलरक्षक, डिफेण्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई सम्मानस्वरुप रु पाँच पाँच हजार प्रदान गरिने आयोजकले जनाएको छ यस्तै, सेमिफाइनलमा पुग्ने समूहलाई दैनिक भत्तासमेत व्यवस्था गरिनेछ । प्रतियोगिता सञ्चालनका लागि जिल्ला खेलकुद विकास समिति र जिल्ला फुटबल संघले सहयोगी भूमिका खेल्नेछन् । प्रतियोगितामा ४ नं प्रदेशका १२ भन्दा बढी नगरपालिकाबाट खेलाडी सहभागी गराउने लक्ष्य लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?