ओली–प्रचण्डबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

काठमाडौं, ९ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आइतबार बिहान टेलिफोनमा कुराकानी भएको छ दुई पार्टी एकताका लागि एकता संयोजक समितिको बैठक बस्न नसकिरहेको बेला ओली र प्रचण्डबीच कुराकानी भएको हो कुराकानी सरकार गठन, पार्टी एकतालगायतका विषयमा केन्द्रीत रहेको प्रचण्ड निकट स्रोतले जनाएको छ । स्रोतका अनुसार मंगलबार बिहान संयोजक समितिको बैठक राख्ने तय दुई अध्यक्षबीचको कुराकानीपछि तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?