प्रचण्डले भने, ‘ओलीसँगको सहमतिमै पुल भत्काएका हौं’

चितवन, ९ पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँगको एकता प्रक्रियाबाट पछि हट्ने अवस्था नरहेको बताएका छन् चितवनमा आइतबार बिहान बुद्धिजीवीहरुले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा बोल्दै उनले एकता प्रक्रियाबाट फर्किने ठाउँ नराखेर अघि बढेको बताए उनले भने, ‘‘मैले र केपी ओली कमरेडले जानीबुझी पुल भत्काएका हौं, बाँकी राख्यो भने फर्किने खतरा हुन्थ्यो, अब एकतामा हामफाल्नुको विकल्प छैन ।’उनले दुई पार्टीको एकता प्रक्रियामा संगठन मिलाउने क्रममा जटिलता आउनसक्ने भन्दै त्यसको विकल्प खोजेको बताएका छन् एमाले र माओवादी दुबै पार्टीको नेतृत्वले एकता प्रक्रियाबाट पछि हट्ने कल्पना नगरेको उनको भनाई थियो उनले पछिल्लो समयमा वाम एकता र पार्टी एकताको प्रक्रियामा विभिन्न ठाउँबाट भाँजो हाल्ने काम भइरहेको भन्दै त्यसलाई चिरेर अघि बढ्ने स्पष्ट पारे जनताले समेत वाम एकतालाई अनुमोदन गरिसकेको भन्दै उनले अब एकताको पक्षमा पल्ला भारी भएको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?