बार्सिलोनासँग हारपछि रियलका प्रशिक्षक जिदानको आयो यस्तो प्रतिक्रिया

काठमाडौं, ९ पुस । चीर प्रतिद्वन्द्वी बार्सिलोनासँग पराजित भएपछि रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आफूलाई कुनै पश्चाताप नरहेको प्रतिक्रिया दिएका छन् रियलको घरेलु मैदान सान्टियागो बेर्नाबाउमा भएको खेलमा बार्सिलोनाका लागि लुइस स्वारेज, लिओनल मेस्सी र एलेक्स भिडालले एक एक गोल गरेका थिए स्पेनिस ला लिगामा सबैभन्दा चासोपूर्वक हेरिने इएल क्लासिकोमा जित निकालेको बार्सिलोना रियलभन्दा १४ अंकले अघि बढेको छ ‘म यहाँ निर्णय लिनका लागि हुँ,’ उनले भने, ‘यदि हामीले पहिलो हाफमा गोल गरेको भए अवस्था अर्कै हुने थियो ।’उनले आफूले हारको जिम्मेवारी लिने बताउँदै ला लिगाको उपाधी दौड अझै नसकिएको दाबी गरे । जिदानको प्रशिक्षणमा रहेको रियलले २ पटक च्याम्पियन्स लिग र एक पटक ला लिगाको उपाधी जितिसकेको छ यद्यपि यो सिजनमा खराब नतिजा निकाल्दै आएको रियल अंक तालिकाको चौथो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?