२१ माघ २०७९, शनिवार

दुई सय महिलाको निःशुल्क पाठेघर तथा स्तन परीक्षण

२०७४,पुष,९,आईतवार ०६:०६

9
Shares

पर्वत, ९ पुस । पर्वत सदरमुकाम कुश्माबजारमा शनिबार सम्पन्न महिलाको पाठेघर तथा स्तन उपचार शिविरमा २०० भन्दा बढीको परीक्षण गरिएको छ ।

चेतनाको अभावमा महिलामा विकराल बन्दै गएको स्तन तथा पाठेघरको क्यान्सरसम्बन्धी एकदिने शिविरमा उक्त संख्यामा महिलाको परीक्षण गरिएको हो स्थानीय सामाजिक संस्था सिसेफ नेपाल पर्वतको आयोजना तथा नेपाल परिवार नियोजन संघ कास्कीको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा उपचार गर्नका लागि सदरमुकाम कुश्माबजारका साथै गाउँगाउँदेखि महिला आएका थिए आर्थिक अभावका कारण लामो समयसम्म रोग बल्झाएर राखेका महिलाको पनि शिविरमा उपचार गरिएको क्लबका संस्थापक टंक लामिछानेले जानकारी दिए ।

सो अवसरमा पाठेघरमा मासु पलाएका, पाठेघरको क्यान्सर भएका तथा स्तनमा गाठागुठी, स्तन क्यान्सरको लक्षण देखिएका बिरामी भेटिएका थिए उनीहरूलाई आवश्यक सल्लाहसहित औषधिसमेत वितरण गरिएको थियो । यसअघि उक्त शिविरको प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य पदम गिरीले उद्घाटन गरेका थिए ।

शिविर उद्घाटन गर्दै सांसद गिरीले देशमा नागरिक स्वस्थ रहेमात्र राष्ट्र समृद्ध हुने बताउँदै सबै नागरिकको स्वास्थ्यको जिम्मा राज्यले लिनुपर्ने धारणा राखे ।

उक्त शिविर सञ्चालनका लागि स्थानीय लायन्स क्लबले समेत साझेदारी गरेका थिए । सो अवसरमा सहभागीले यस्ता संवेदनशील शिविर सदमरुकाममा मात्र नभई गाउँगाउँमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति: २०७४,पुष,९,आईतवार ०६:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल र नेपाली डायस्पोरामा मानसिक स्वास्थ्यको समस्या विकराल बन्दै गएको भन्दै स्वास्थ्य विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

पछिल्लो समय नेपालसहित विश्वाभर नै बाँझोपन अर्थात् निःसन्तानको समस्या बढ्दो छ । पुरुषमा यौन इच्छाको कमी, यौनशक्तिको कमी, वीर्य स्खलन

नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान अर्न्तगत यो शनिवार (पुस ३० गते) पहिलोपटक कलेजो सम्बन्धी समस्या भएकाहरुले निःशुल्क परामर्श सेवा

एम.भी. दुगड ग्रुप अध्यक्ष मोतीलाल दुगडको ७६ औं जन्म उत्सवको अवसरमा दुगड ग्रुपको हाइड्रोपावर तथा प्रशारण लाईन सञ्चालित रामेछाप तथा

ताजा समाचार