बक्स अफिसमा नयाँ रेकर्ड बनाउँदै चलचित्र ‘टाइगर जिन्दा हे’

काठमाडौं, ९ पुस । नयाँ वर्ष तथा क्रिसमसको अवसर पारेर रिलिज भएको बलिउड स्टार सलमान खानदवा अभिनित चलचित्र ‘टाइगर जिन्दा हे’ले बक्स अफिसमा एउटा नयाँ रेकर्ड बनाउन सफल भएको छ फिल्म ‘टाइगर जिन्दा हे’को पहिलो दिनको कमाई सुनेर तपाईं अचम्ममा पर्न सक्नुहुन्छ । सन् २०१७ मा सलमान खानको यस फिल्मले कमाए जति कुनै पनि फिल्मले पहिलो दिन कमाएको छैन । मिडिया रिपोर्ट्सका अनुसार चलचित्रले पहिलो दिन नै झण्डै ३८ करोड भारतीय रुपैयाँ कमाएको छ सन् २०१७ मा नै सलमान खानले इदको अवसर पारेर रिलिज गरेको चलचित्र ‘ट्यूबलाइट’ले बक्स अफिसमा खासै कमाउन सकेन । साथै यस चलचित्रले दर्शकलाई पनि निराश बनाएको थियो तर, यसै वर्ष सलमान खानले बक्स अफिस र दर्शक दुवैलाई नयाँ वर्षमा खुशी बनाउने अपेक्षा गरिएको छ । चलचित्रको समीक्षा पनि सकारात्मक नै आइरहेकाले चलचित्रको प्रदर्शन राम्रै हुने आंकलन गरिएको छ । दर्शकहरुले चलचित्रको एक्सन, रोमान्स, कथा र कलइमेक्स एकदमै मन पराएको बताउँछन् यो चलचित्र पाँच वर्षअघि रिलिज भएको चलचित्र ‘एक था टाइगर’ को सिक्वेल हो । जसले बक्स अफिसमा ३०० करोडभन्दा बढी व्यापार गर्दै आमिर आनको चलचित्र ‘गजनी’ को रेकर्ड तोडेको थियो । ‘एक था टाइगर’ ७५ करोडको बजेटमा निर्माण भएको थियो । चलचित्रले झण्डै ३२० करोड कमाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?