वरिष्ठ स्नायू विशेषज्ञको डा. देवकोटाको सिघ्र स्वास्थ्यलाभको कामनासहित दिपप्रजोलन 

काठमाडौं, ९ पुस । बासबासीस्थित न्यूरो अस्पतालका सञ्चालक तथा वरिष्ठ स्नायू विशेषज्ञ डा. उपेन्द्र देवकोटा अस्वस्थ भएका छन् । देवकोटाको स्वास्थ्यमा अचानक खराबी आएपछि हाल बेलायतस्थित एक अस्पतालमा उपचार गराइरहेका छन् देवकोटाको केही समयअघि मात्र पित्तथैलीमा पत्थरी देखिएको र उनलाई थप पीडा हुन थालेपछि दुई साताअघि मात्र उपचारका लागि डा. देवकोटा बेलायत गएका थिए विगत लामो समयदेखि वीरअस्पतालमा काम गरेका डा. देवकोटाले हाल बाँसबारीस्थित न्यूरो अस्पताल सञ्चालन गर्दै आएका छन् । डा. देवकोटा नेपालको स्वास्थ्य मन्त्री समेत भइसकेका थिए त्यस्तै, डा. देवकोटा नेपालमा मात्र नभई विदेशमा पनि उत्तिकै परिचित व्यक्ति हुन । उनले हालसम्म करिब ३० हजार मानिसको टाउको र नसा सम्बन्धी रोगको शल्यक्रिया गरिसकेका छन् भने १० लाख भन्दा बिरामी व्यक्तिहरुको उपचार गरेका छन् यसैगरी, डा. देवकोटाको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै बोष्टर मिडियाको आयोजना तथा डा. भोला रिजाल र श्रीमती सरला रिजालको नेतृत्वमा पशुपतिनाथ मन्दिरमा परिसरमा यहि पुस ९ गते आइतबार दिउसो १ बजे दिप प्रजोलन कार्यक्रम रहेको हुँदा यहाँहरुको उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?