म्यादी प्रहरीको हत्या प्रकरणः कालिकोटमा फेरि अनिश्चितकालीन कर्फ्यु

कालीकोट, ९ पुस । कालीकोटमा पुनः अनिश्चितकालीन कर्फ्यु लगाइएको छ आइतबार विहान २ घण्टाका लागि हटाइएको भएपनि पुनः अनिश्चितकालीन कर्फ्यु लगाइएको हो प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु भएपछि उत्पन्न तनावका कारण कालीकोटमा दुई दिनदेखि कफ्र्यु लगाइएको छ प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले स्थिति सामान्य नबनेसम्म कर्फ्यु जारी रहने जनाएका छन् पीडित पक्षले मृतकलाई शहीद घोषणा, उचित क्षतिपूर्ति व्यवस्था र म्यादी प्रहरीको तलबका विषयमा भएको विवादबारे छानबिनको माग राखेका छन् घटनाबारे छानविन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव डा.मानबहादुर विकको संयोजकत्वमा समिति गठन गरेको छ भने मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णयसमेत गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?