२१ मङ्सिर २०८०, बिहीवार

नेपाली काँग्रेस नुवाकोटले बाढी पीडितको लागि संकलन गरेको रकम प्रधानमन्त्री राहतकोषमा जम्मा,

२०७४,भाद्र,२५,आईतवार ०५:३०

0
Shares

 रसुवा र नुवाकोटका बाढी पीडितको लागि समेत सहयोग गर्ने काठमाडौं, भदौ २५ । तराईको बाढीपीडितको लागि नेपाली काँग्रेस नुवाकोटले संकलन गरेको ४ लाख ४४ हजार ४ सय ४४ पैसा आज प्रधानमन्त्री राहतकोषमा जम्मा गरेको छ । नेपाली काँग्रेस नुवाकोटका सभापती जगदिश्वर नरसिंह केसी, नेपाली काँग्रेसका कोषाध्यक्ष महेन्द्र थिङ, नेपाली काँग्रेस नुवाकोटका पुर्व सचिब एवं यूवा नेता रमेश कुमार महत, नेपाली काँग्रेस नुवाकोटका सचिव शिव दाहाल, विद्याथी नेता पवन थापा, सहितको नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई चेक हस्तान्तरण गरेका हुन । चेक हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री देउवाले सहयोग संकलन गरेकोमा नेपाली काँग्रेस नुवाकोटलाई धन्यवात दिंदै देश बिदेशबाट बाढीपिडीतको लागि संकलन भएको रकम सरकारले चाँडै बितरण गरिने बताए । नेपाली काँग्रेसले तराईको बाढी पिडीतको साथै रसुवाको पहिरो पिडीतहरुको लागि रु ५० हजार र पहिरोबाट घरबार बिहिन बनेका नुवाकोटको सुनखानीका दुई घर र लच्याङको एक घरलाई प्रति परिवार १०÷१० हजारको दरले सहयोग गर्ने नेपाली काँग्रेस नुवाकोटका सभापति एवं सभासद जगदिश्वर नरसिंह केसीले जानकारी दिए । Sagarmathapost.com बाट साभार

प्रकाशित मिति: २०७४,भाद्र,२५,आईतवार ०५:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर–८

धनकुटा । धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आज देखि सुरु भएको छ । शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय

काठमाडौं । नेपालका महिला प्रहरी अधिकृतहरुको नाम लिँदा प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दको नाम पहिलो लहरमै आउँछ । जो

ताजा समाचार

मंसिर २८ देखि २०औँ हस्तकला व्यापार मेला
 २०८०,मङ्सिर,२१,बिहीवार १८:४६
आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन
 २०८०,मङ्सिर,२१,बिहीवार १८:३६