धनगढी उपमहानगरका मेयरले यसरी भेटे निमार्णकार्यमा भएको गुणस्तरहिन सामग्री

कैलाली, पुस ९ । अत्तरिया–मोहना ६ लेन सडकको नाली निर्माणमा कमसल खालका ईट्टा प्रयोग भइरहेको भन्दै विरोध भएपछि शनिबार सरोकारवाला निकायले त्यस क्षेत्रको अनुगमन गरेको छ । अत्तरिया मोहना सडक आयोजनाका प्रमुख र धनगढी उपमहानगरपालिकाका प्रमुखले शनिबार बिहानै नाली निर्माणस्थलको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा निर्माण स्थलमा कम्सल ईट्टा भेटिएका छन् । अत्तरिया–मोहना ६ लेन सडकको नाली निर्माणका क्रममा कम्सल खालको ईट्टा प्रयोग भइरहेको भन्दै शनिबार सरोकारवाला निकायले निमार्णस्थलको अनुगमन गरेका हुन् । सामाजिक सञ्जाललगायतमा कम्सल खालको ईट्टा प्रयोग भइरहेको भन्ने व्यापक जनगुनासो आएपछि आयोजना प्रमुख मनिसकुमार सिंह र धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले संयुक्त रुपमा अनुमन गरेका हुन् । अनुगमनका क्रममा कम्सल खालको ईट्टा फेला परेको छ । लुम्बिनी–राजेन्द्र–डाफे निर्माण कम्पनीले लिएको ठेक्का अन्तर्गत गोदावरी फ्लोर मिल आसपासमा कम्सल खालका ईट्टा फेला परेका हुन् । त्यस्तै, आयोजना प्रमुख मनिसकुमार सिंहले भने, केही मात्रामा कम्सल खालका ईट्टा आएको भएपनि प्रयोग नभएको दाबी गरेका छन् । आयोजना प्रमुख सिंहले नै कम्सल खालका ईट्टा प्रयोग नभएको दाबी गरेपछि निर्माण कम्पनी राजेन्द्र निर्माण कम्पनीका इन्जिनियर राजेन्द्र भट्टले पनि कम्सल खालका ईट्टा प्रयोग भइरहेको भन्ने जनगुनासोको खण्डन गरे । उहाँले कम्सल खालका इट्टा निर्माण स्थलमा आएका भएपनि प्रयोग नभएको बताए । आफ्नो क्षेत्रभित्र निर्माण भइरहेको संरचनामा चासो देखाउँदै धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले पनि नाली निर्माणस्थलमा पुगेर कम्सल खालका ईट्टा प्रयोग नगर्न र सडकमा राखिएको कमसल ईट्टा फिर्ता गर्न निर्देशन दिएका छन् । उनले कम्सल ईट्टा प्रयोग भएको पाइए तुरुन्तै भत्काउन लगाइने चेतावनी दिएका छन् । यता प्रत्यक्षदर्शी स्थानीयबासीले भने अत्तरिया–मोहना ६ लेनको सडकको नाली निर्माणका लागि प्रयोग भएको ईट्टा निकै कम्सल खालको भएको बताएका छन् । उनीहरुले यसरी नै नाली निमार्ण हुने हो भने अहिले बनाइएको संरचना लामो समयसम्म नटिक्ने गुनासो गरेका छन् । विगतमा निर्माण भएका कैयौं भौतिक संरचनाहरुमा कम्सल खालका सामग्री प्रयोग भएर निर्माण सम्पन्न भएको केही समयमै भत्किने गरेका उदाहरणहरु धेरै छन् । निर्माणस्थलमा कम्सल खालका ईट्टा फेला परेकै अवस्थामा ६ लेन सडकको नाली निर्माणमा पनि कमसल खालको सामग्री प्रयोग भएन भनेर विश्वास गर्न जनतालाई त्यति सजिलो छैन् । यसतर्फ सरोबारवाला निकायले ध्यान दिन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?