२ जेष्ठ २०७९, सोमवार

धनगढी उपमहानगरका मेयरले यसरी भेटे निमार्णकार्यमा भएको गुणस्तरहिन सामग्री

२०७४,पुष,९,आईतवार ०४:४४

0
Shares

कैलाली, पुस ९ । अत्तरिया–मोहना ६ लेन सडकको नाली निर्माणमा कमसल खालका ईट्टा प्रयोग भइरहेको भन्दै विरोध भएपछि शनिबार सरोकारवाला निकायले त्यस क्षेत्रको अनुगमन गरेको छ अत्तरिया मोहना सडक आयोजनाका प्रमुख र धनगढी उपमहानगरपालिकाका प्रमुखले शनिबार बिहानै नाली निर्माणस्थलको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा निर्माण स्थलमा कम्सल ईट्टा भेटिएका छन् अत्तरिया–मोहना ६ लेन सडकको नाली निर्माणका क्रममा कम्सल खालको ईट्टा प्रयोग भइरहेको भन्दै शनिबार सरोकारवाला निकायले निमार्णस्थलको अनुगमन गरेका हुन् । सामाजिक सञ्जाललगायतमा कम्सल खालको ईट्टा प्रयोग भइरहेको भन्ने व्यापक जनगुनासो आएपछि आयोजना प्रमुख मनिसकुमार सिंह र धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले संयुक्त रुपमा अनुमन गरेका हुन् । अनुगमनका क्रममा कम्सल खालको ईट्टा फेला परेको छ । लुम्बिनी–राजेन्द्र–डाफे निर्माण कम्पनीले लिएको ठेक्का अन्तर्गत गोदावरी फ्लोर मिल आसपासमा कम्सल खालका ईट्टा फेला परेका हुन् त्यस्तै, आयोजना प्रमुख मनिसकुमार सिंहले भने, केही मात्रामा कम्सल खालका ईट्टा आएको भएपनि प्रयोग नभएको दाबी गरेका छन् । आयोजना प्रमुख सिंहले नै कम्सल खालका ईट्टा प्रयोग नभएको दाबी गरेपछि निर्माण कम्पनी राजेन्द्र निर्माण कम्पनीका इन्जिनियर राजेन्द्र भट्टले पनि कम्सल खालका ईट्टा प्रयोग भइरहेको भन्ने जनगुनासोको खण्डन गरे । उहाँले कम्सल खालका इट्टा निर्माण स्थलमा आएका भएपनि प्रयोग नभएको बताए । आफ्नो क्षेत्रभित्र निर्माण भइरहेको संरचनामा चासो देखाउँदै धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले पनि नाली निर्माणस्थलमा पुगेर कम्सल खालका ईट्टा प्रयोग नगर्न र सडकमा राखिएको कमसल ईट्टा फिर्ता गर्न निर्देशन दिएका छन् उनले कम्सल ईट्टा प्रयोग भएको पाइए तुरुन्तै भत्काउन लगाइने चेतावनी दिएका छन् । यता प्रत्यक्षदर्शी स्थानीयबासीले भने अत्तरिया–मोहना ६ लेनको सडकको नाली निर्माणका लागि प्रयोग भएको ईट्टा निकै कम्सल खालको भएको बताएका छन् । उनीहरुले यसरी नै नाली निमार्ण हुने हो भने अहिले बनाइएको संरचना लामो समयसम्म नटिक्ने गुनासो गरेका छन् विगतमा निर्माण भएका कैयौं भौतिक संरचनाहरुमा कम्सल खालका सामग्री प्रयोग भएर निर्माण सम्पन्न भएको केही समयमै भत्किने गरेका उदाहरणहरु धेरै छन् । निर्माणस्थलमा कम्सल खालका ईट्टा फेला परेकै अवस्थामा ६ लेन सडकको नाली निर्माणमा पनि कमसल खालको सामग्री प्रयोग भएन भनेर विश्वास गर्न जनतालाई त्यति सजिलो छैन् । यसतर्फ सरोबारवाला निकायले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति: २०७४,पुष,९,आईतवार ०४:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारसँग माग गर्दै संयुक्त विद्यार्थी संगठनले आइतबार काठमाडौंमा विरोध प्रर्दशन गरेको

काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडले सम्पुर्ण ग्राहकहरुको सेवा सुविधा र आवश्यकतालाई विशेष प्राथमिकतामा राखी अर्को सूचना नगरेसम्मका लागि २०७९

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । साताको सुरुदेखि बढेको नेप्से

काठमाडौं। अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एअरलाइन्सले लगातार छैटौं वर्ष प्रयास नेपालका बाल-बालिकालाई वर्षभरीको शैक्षिक सामाग्रीसहित आफ्नो सहयोग प्रदान गरेको छ।

ताजा समाचार

भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’
 २०७९,जेष्ठ,२,सोमवार १३:४८
लुम्बिनीमा मोदीले दिनभर के गर्दैछन् ?
 २०७९,जेष्ठ,२,सोमवार १३:४७
डोल्पाको ठुलीभेरीमा कांग्रेसको जीत
 २०७९,जेष्ठ,२,सोमवार १३:४१