गल्छी–रसुवागढी सडकखण्डको मर्मत कार्य जारी

काठमाडौं, ९ पुस । धादिङ्गको गल्छी–रसुवागढी सडकखण्डमा चल्ने सवारी साधन दैनिक ८ घण्टाको लागि प्रभावित हुँदै आएका छन् सडक विस्तारको लागी गल्छी देखी पिपलटारसम्म पहाड काट्ने काम भइरहेकाले सवारी आवागमन प्रभावित भएको हो पुस १ गते देखि फागुन मसान्तसम्म बिहान ६ देखी ९ बजेसम्म र बिहान ११ देखी अपरान्ह ४ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ सहज यात्राको लागी वैकल्पिक मार्गको प्रयोग गर्न उक्त सडकखण्ड हुँदै चल्ने सवारी साधनका चालकलाई स्थानिय ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?