९ चैत्र २०७९, बिहीवार

नेपाली काँग्रेस नुवाकोटले बाढी पिडीतको लागि संकलन गरेको रकम प्रधानमन्त्री राहतकोषमा जम्मा,

२०७४,भाद्र,२५,आईतवार ०५:०८

0
Shares

 रसुवा र नुवाकोटका बाढी पिडीतको लागि समेत सहयोग गर्नेकाठमाडौं, भदौ २५ । तराईको बाढीपिडीतको लागि नेपाली काँग्रेस नुवाकोटले संकलन गरेको ४ लाख ४४ हजार ४ सय ४४ पैसा आज प्रधानमन्त्री राहतकोषमा जम्मा गरेको छ । नेपाली काँग्रेस नुवाकोटका सभापती जगदिश्वर नरसिंह केसी, नेपाली काँग्रेसका कोषाध्यक्ष महेन्द्र थिङ, नेपाली काँग्रेस नुवाकोटका पुर्व सचिब एवं यूवा नेता रमेश कुमार महत, नेपाली काँग्रेस नुवाकोटका सचिव शिव दाहाल, विद्याथी नेता पवन थापा, सहितको नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई चेक हस्तान्तरण गरेका हुन ।चेक हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री देउवाले सहयोग संकलन गरेकोमा नेपाली काँग्रेस नुवाकोटलाई धन्यवात दिंदै देश बिदेशबाट बाढीपिडीतको लागि संकलन भएको रकम सरकारले चाँडै बितरण गरिने बताए ।नेपाली काँग्रेसले तराईको बाढी पिडीतको साथै रसुवाको पहिरो पिडीतहरुको लागि रु ५० हजार र पहिरोबाट घरबार बिहिन बनेका नुवाकोटको सुनखानीका दुई घर र लच्याङको एक घरलाई प्रति परिवार १०÷१० हजारको दरले सहयोग गर्ने नेपाली काँग्रेस नुवाकोटका सभापति एवं सभासद जगदिश्वर नरसिंह केसीले जानकारी दिए ।

प्रकाशित मिति: २०७४,भाद्र,२५,आईतवार ०५:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००