वाम एकताका लागि दोस्रो तहका नेता किन शंकालु ?

काठमाडौँ, ९ पुस- निर्वाचनमा गठबन्धन गरी पार्टी एकता गर्ने निर्णय गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको औपचारिक पहल सुरुसँगै सिद्धान्तभन्दा नेतृत्वमा बढी विवाद देखिएको छदुवै पार्टीका नेता सिद्धान्तमा भन्दा एकीकृत पार्टी तथा सरकारको नेतृत्व कसले र कसरी गर्ने भन्ने विवादमा छन्। एकताको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लचक देखिएका छन्। तर दोस्रो तहका नेता भने आपसमा विवादास्पद अभिव्यक्ति दिइरहेका छन्ओली र दाहाल एकले अर्कालाई नेतृत्व सहजै छोड्नसमेत लचक छन्। तर दोस्रो तहका नेताले भने आफ्नै दलबाट नेतृत्व गरिनुपर्ने अभिव्यक्ति दिँदै आएका छन्। एकताको क्रममा आलोपालो नेतृत्व गर्ने, सामूहिक नेतृत्व गर्ने वा एक पार्टीले सरकार र अर्को पार्टीको नेतृत्वमा पार्टी संगठन चलाउने भन्ने विषयमा नै छलफल बढी केन्द्रित बनेको छदोस्रो तहका नेताहरू विवादित अभिव्यक्तिमा केन्द्रित भइरहँदा एकताकाका लागि गठित पार्टी एकता संयोजन समितिको शनिबार बस्ने तय भएको बैठकसमेत बस्न सकेन। माओवादी नेताहरूका अनुसार माओवादी केन्द्रका अध्यक्ष दाहाल काठमाडौंबाहिर रहेका कारण उच्चस्तरीय बैठक बस्न नसकेको बताइएको छपार्टी एकताका पक्षमा दुवै पार्टीका दोस्रो तहका नेता भने शंकालुसमेत देखिएका छन्। पार्टी एकतापछि आफ्नो पोजिसन, आगामी राजनीतिक भविष्य तथा कतिपयका व्यक्तिगत स्वार्थमा जोडघटाउ गरेकाले पनि दोस्रो तहका नेताहरू पार्टी एकतामा सशंकित देखिएको पाइएको छतेस्रो तहका नेताहरू भने पार्टी एकताको सहयोगी भूमिकाका रूपमा प्रस्तुत भएका छन्। उनीहरू तत्काल पार्टी नेतृत्व तहमा नपुग्ने र एकता हुँदानहुँदा पार्टी पोजिसनमा खासै फरक नपर्ने भएर पनि पार्टी एकतामै बढी केन्द्रित छन्, राजधानी दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?