ऐडीलाई शहीद घोषणा गर्न माग गर्दै प्रदर्शन

काठमाडौँ, ८ पुस – कालीकोटमा प्रहरीको गोली लागि मारिएका म्यादी प्रहरी विवेक ऐडीलाई शहीद घोषणा गर्न माग गर्दै प्रदर्शन गरिएको छ गोली प्रहार गर्नेलाई कारबाही गर्नुपर्नेलगायत माग गर्दै कर्णाली अञ्चलका युवाहरूले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । तलबको विषयलाई लिएर म्यादी प्रहरीले गरेको शान्तिपूर्ण जुलुशमा प्रहरीले गोली चलाउँदा शुक्रबार शान्नित्रिवेणी गाउँपालिका–४ का म्यादी प्रहरी ऐडीलाई लागी गम्भीर घाइते भएकामा उपचारको क्रममा मृत्यु भएको थियो सोही अवसरमा नेकपा (एमाले)कालीकोटका अध्यक्ष नेशनल शाही, नेकपा (माओवादी केन्द्र) कालीकोटका जिल्ला सदस्य खेमबहादुर सिंहले र अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय सदस्य तिलक उपाध्यायलगायतले मृतक ऐडीलाई शहीद घोषणा गरेर क्षतिपूर्ति उपलब्ध गराउन र घटनामा संलग्नलाई कारबाही गर्न माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?