कालीकोटमा बल्न छाडेन आक्रोशको आगो, अनिश्चितकालिन कर्फ्यु आदेश

कालीकोट, ८ पुस – म्यादी प्रहरी विवेक ऐडीको मृत्युको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसेका नागरिक समाजका अगुवामाथि प्रहरीले बल प्रयोग गरेको छ धर्नामा बसेका नागरिक समाज र स्थानीयवासीमाथि प्रहरीले बल प्रयोग गरेपछि भएको झडपमा २० जनाभन्दा बढी स्थानीयवासी र एकजना प्रहरी घाइते भएका छन् स्थिति तनाबग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालयले अर्को आदेश नहुन्जेलसम्मका लागि जिल्ला सदरमुकाममा निषेधाज्ञा जारी गरेको छ घटनाका विषयमा जिल्ला प्रशासन कार्यालयमा पीडित पक्ष, राजनीतिक दल नागरिक समाज र प्रशासनबीच छलफल भए पनि कुनै सहमति नभएको नागरिक समाजका अगुवा एवं सञ्चारकर्मी रत्न कार्कीले जानकारी दिए पीडित पक्षले मृतकलाई शहीद घोषणा, उचित क्षतिपूर्तिको व्यवस्था र म्यादी प्रहरीको तलबका विषयमा भएको विवादबारे छानबिन हुनुपर्ने माग राखेका छन् प्रशासनले सबै माग आफूहरूले पूरा गर्न नसक्ने र कतिपय निर्णय मन्त्रालयले गर्नुपर्ने भएकाले मागका बारेमा आइतबार बिहानसम्म पर्खन आग्रह गरेबोजिम आजको छलफल सकिएको उनले जानकारी दिए छलफलका लागि सुर्खेतबाट क्षेत्रीय प्रशासक सुरेश प्रधान, नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक सूर्यविक्रम शाह, अनुसन्धानका प्रहरी नायब महानिरीक्षक टेकेन्द्र शाक्यसमेत कालिकोट पुगेका थिए क्षेत्रीय प्रहरी प्रमुख बोहोराले स्थानीयवासीले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि भएपनि प्रतिरक्षाका लागि अश्रुग्यास प्रयोग गरिएको बताए शुक्रबार तलबको विषयलाई लिएर म्यादी प्रहरीले गरेको जुलुसमा प्रहरीले गोली चलाउँदा म्यादी प्रहरी शान्नित्रिवेणी गाउँपालिका–४ का ऐडीको मृत्यु भएको थियो यसैबीच कर्णाली जनअधिकार मञ्चले कालीकोटको जिल्ला प्रहरी कार्यालय अगाडि शान्तिपूर्णरुपमा भेला भएका म्यादी प्रहरीमाथि भएको आक्रमणको निन्दा गरेको छ शान्तिपूर्णरुपमा विरोध प्रदर्शनमा रहेका म्यादी प्रहरीमाथि प्रहरीले आक्रमण गर्दा विवेक ऐडीको निधन भएको र दर्जनौँ म्यादी प्रहरी घाइते भएको भन्दै आपत्ति जनाएको हो । मञ्चका अध्यक्ष प्रकाश रोकायाले उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न, पीडित परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?