जहाज नउडेपछि पार्टी एकता संयोजन समितिको बैठक स्थगित

काठमाडौँ, ८ पुस – पार्टी एकता, राष्ट्रियसभाको सन्दर्भमा देखिएको विवाद र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका लागि आज बस्ने भनिएको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को बैठक स्थगित भएको छ मौसमको खराबीका कारण गौतमबुद्ध विमानस्थलमा जहाज अवतरण हुन नसकेपछि भैरहवा पुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौँ फर्कन सकेनन अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाका अनुसार जहाज अवतरण हुन नसकेपछि काठमाडौँ फर्कने कार्यक्रम स्थापित भएपछि पार्टी एकता संयोजन समितिको बैठक आजलाई स्थगित भएको हो यद्यपि दोस्रो तहका नेताहरु निरन्तर छलफलमा रहेका दुवै पार्टीका नेताहरुले बताएका छन् । आजै यहाँ आयोजित एक कार्यक्रममा एमालेका सचिव प्रदीप ज्ञवालीले पार्टी एकताको विषयमा विभिन्न चरणमा छलफल भइरहेको जानकारी दिए दोस्रो तहका नेताहरुले अनौपचारिक छलफल गरिरहेको र त्यसलाई एउटा रुप दिएपछि पार्टी एकता संयोजन समितिको बैठक बस्ने निष्कर्षमा शीर्ष नेता पुगेको बताइएको छ पार्टी एकताको सन्दर्भमा शुक्रबार बसेको एमाले स्थायी समितिको बैठकले पनि छलफललाई तीव्र पार्ने निर्णय गरेको थियो । उता माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले पनि सोही आशयको निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?