१३ माघ २०७९, शुक्रवार

संविधान संशोधन नभए पुनः सडक आन्दोलन गर्ने धम्की

२०७४,पुष,८,शनिवार १५:१५

0
Shares

राजविराज, ८ पुस – राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधन नभए पुनः सडक आन्दोलन गर्ने चेतावनी दिएको छ | राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभए पुनः सडक आन्दोलन गर्ने चेतावनी दिएका हुन् मधेशी एशोसिएशन इन अमेरिका (मा) नामक संस्थाले आज राजविराजमा आयोजना गरेको शहीद परिवारलाई सम्मान तथा नवनिर्वाचितलाई शुभकामना र बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेश गठबन्धनले निर्वाचनमा मधेशी जनताको जनादेश पाएअनुसार संविधान संशोधनलाई पहिलो प्राथमिकतामा राखेको बताए मधेशी जनताको जनादेशले छ मधेशवादी दललाई एकै छातामुनि ल्याएको भन्दै महतोले निर्वाचनको परिणाम कुनै दलको नभएर मधेशी जनताको भएको जिकिरसमेत गरे मधेशी जनताले दिएको जनाधिकारको तीन ठूला दलले समेत स्वीकार गरी संविधान संशोधन गर्नुपर्ने उनले उल्लेख गरे । सो अवसरमा मलेठ घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति: २०७४,पुष,८,शनिवार १५:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही माघ २३ गते सोमबार हुने भएको छ । राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले

काठमाडौं । बिहीबारबाट नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ । शुक्रबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा पेश

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री राजेन्द्रकुमार केसीले पेट्रोलियम ट्याङ्कर चालकको पेसाप्रति राज्य संवेदनशील बन्नुपर्ने बताएका छन् । नेपाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समस्याको गीत गाउन नभइ अर्थतन्त्र सुधारका लागि उद्योगीहरुलाई लगानीमैत्री वातावरण सिर्जना गर्ने

ताजा समाचार