विदेश लैजाने भनी महिलालाई भारततर्फ लैजाने पक्राउ

काठमाडौं, ८ पुस । नेपालबाट भारतको बाटो हुँदै महिलाई विदेश लैजाने भनी भारतको बलैइ गाउँसम्म पुर्याउने जिम्मा लिएका बाँके कोहलपुर नगरपालिका– भवानीपुर बस्ने ३३ वर्षीय नवराज हमाललाई प्रहरीले पक्राउ गरेको छ जमुना प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले शनिबार बढैयाताल गाउँपालिका–२ फुटाहा स्थित बोर्डर नाकामा गस्ती गर्दै जाने क्रममा नेपालबाट भारतको बाटो हुँदै विदेश लैजाने भनी सुनसरी धरान उपमाहागरपालिका–५ बस्ने ३० वर्षीय महिलालाई भारतको बलैइ गाउँसम्म लैजान लागेको अवस्थामा हमाललाई पक्राउ गरी महिलाको उद्धार गरेको थियो यस बारे प्रहरीले आवश्यक अनुसन्धान थालेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?