२४ माघ २०७९, मंगलवार

कालो धान : एक रोपनीमा आठ क्विन्टल उत्पादन

२०७४,पुष,८,शनिवार १०:३९

0
Shares

अछाम, ८ पुस । रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउदले रोपेको कालो धानको उत्पादन निकै राम्रो भएको छ ।

यो वर्ष आफ्नो एक रोपनी खेतमा रोपेको कालो धानको उत्पादन आठ क्विन्टल भएको उनले बताए ।

यो वर्ष परीक्षणका लागि एक रोपनीमा कालो धान रोपेको भन्दै साउदले अब कालो धानको खेतीलाई थप बिस्तार गरिने जानकारी दिए । यसलाई व्यावसायिक रूपमै अगाडि बढाउनका लागि अब १४ रोपनीमा कालो धान लगाउने सोच बनाएको उनको भनाइ छ खेतीयोग्य जमिनमा जहाँ पनि फल्ने कालो धानलाई असिना पानीले समेत कुनै असर नगर्ने र पाकिसकेपछि थ्रेसर मेसिनबाट मात्रै झार्न सकिने साउदको भनाइ छ कृषकलाई कालो धानको बीउ वितरण गरी यो गाउँपालिकामा व्यावसायिक रूपमा यसको उत्पादन गर्ने योजना रहेको उनले जानकारी दिए । बढी प्रोटिन प्राप्त हुने कालो धानको चामल स्वास्थ्यका लागि पनि निकै उपयोगी मानिन्छ । यसको भात खाएमा चिनी रोग र उच्च रक्तचापसमेत निर्मूल हुने स्वास्थ्यकर्मीले बताएका छन् ।

प्रकाशित मिति: २०७४,पुष,८,शनिवार १०:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पशुपति आर्यघाटमा अन्त्येष्टिका लागि लगिएको १७ महिनाको शिशुको शव प्रहरीले नियन्त्रणमा लिएको छ । शरीरमा निलडाम भएको र

काठमाडौं । काठमाडौं उपत्यकाका तीन ठाउँमा बर्डफ्लू संक्रमण पुष्टि भएको छ । ललितपुरको खुमलटार, काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट र तारकेश्वर

काठमाडौं । नेपाल र जापानको राजनीति केन्द्रित दुई दिने सेमिनार शुरु भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल तथा एसियाली

भैरहवा ।भैरहवामा ट्रक, बस र कार एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । सडकमा

ताजा समाचार

गण्डकी प्रदेशसभाको बैठक बस्दै
 २०७९,माघ,२४,मंगलवार १०:३८
आगलागीबाट बालिकाको मृत्यु
 २०७९,माघ,२४,मंगलवार १०:२७