कस्तो चिउँडो भएको मानिस कती भाग्यमानी ?

एजेन्सी । खासगरी मानिसलाई सुन्दर बनाउन अनुहारका अंगहरु निकै महत्वपूर्ण हुन्छ । तर समुन्द्र शास्त्रका अनुसार, अनुहारका अंगहरुको सौन्दर्यजनक मात्र नभएर अरु पनि विभिन्न महत्व छन् । त्यस्तै महत्वपूर्ण अंग हो चिउँडो । मानिसका स्वभाव, गुण अवगुण थाहा पाउन उसको चिउँडो हेरे पुग्ने समुन्द्र शास्त्रको दाबी छ लामो चिउँडोः- जुन व्यक्तिको चिउँडो लाम्चो आकारको हुन्छ, त्यस्ता व्यक्तिमा धेरै गुण हुन्छन् । यस्ता व्यक्ति स्थिर स्वभावका हुन्छन् एउटा काम थालेपछि त्यसलाई पुरा गर्छन् । काम पुरा नगरी थकाइ नमार्ने यिनीहरुको चलन हुन्छ सानो चिउँडोः- सानो चिउँडो भएका व्यक्ति आल्छी र असन्तोषी हुन्छन् । यस्ता व्यक्ति समस्याबाट भाग्छन् । यिनीहरुको महत्वाकाँक्षा हुँदैन । कामचोर र ठग स्वभाव हुन्छ बाहिर निस्किएको चिउँडोः- बाहिर उछिट्टिएको चिउँडो भएका व्यक्ति कर्मठ हुन्छन् । यस्ता व्यक्ति धुर्त र कपटी समेत हुन्छन् । यस्ता व्यक्तिलाई भरोसा गर्न सकिन्न् बर्गाकार चिउँडोः- जुन व्यक्तिको चिउँडो समकोण भएको हुन्छ । यस्ता व्यक्तिलाई आर्थिक समस्या पर्दैन । यिनीहरुको कामुकता बढी हुन्छ र काम बासनाका लागि धन दौलत खर्च गर्न पनि पछि पर्दैनन् सलक्क परेको चिउँडोःतल माथि मिलेको र सोझो परेको चिउँडो शुभ मानिन्छ । यस्तो चिउँडो भएका व्यक्ति सत्य बोल्ने र नियम पालना गर्ने हुन्छन् । यस्ता व्यक्ति गम्भिर र कम बोल्ने स्वभावका पनि हुन्छन् । यिनीहरुको भनाइ अस्वीकार गर्न नसकिने खालको हुन्छ । यिनीहरु प्रेम गर्दा पनि निस्वार्थ भावले गर्छन् । यस्तो चिउँडो भएकाहरु आर्थिकरुपमा पनि बलिया हुन्छन् गोलो चिउँडोः- यदि कसैको चिउँडो गोलो आकारको छ भने यस्ता व्यक्ति भावुक हुने र साना साना कुरामा पनि भड्किने हुन्छन् । यस्ता व्यक्तिले हरेक काम हतारमा गर्छन् र काम विगार्छन् पनि । आफूलाई क्रोधी देखाउने यिनीहरुको स्वभाव हुन्छ । क्रोधको समयमा उत्तेजित भएर असंयमित काम समेत गर्छन् । यस्त व्यक्तिहरु आफ्नो कुरामा अडिग हुन्छन् र स्पष्ट कुरा गर्छन् अण्डाकार चिउँडोः- अण्डाकार चिउँडो पनि शुभ मानिन्छ । यस्तो चिउँडो हुनेहरु चकचके र कलाप्रेमी हुने बताइन्छ । यिनीहरु वयवहारिक र उच्च विचारका समेत हुन्छन् । यस्ता व्यक्तिले कला क्षेत्रमा चर्चा कमाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?