एमालेसँग एकताको विरोधीलाई यस्तो छ प्रचण्डको जवाफ

रुपन्देही, ८ पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र रहेका एक/दुई जनाले विरोध गर्दैमा एमालेसँगको पार्टी एकता नरोकिने बताएका छन् शनिवार बिहान रुपन्देहीमा आयोजित एक कार्यक्रममा दाहालले एक दुइ जनाले विरोध गदैमा पार्टी एकता नरोकिने र शीर्ष नेताबीच पार्टी एकतामा कुनै समस्या नरहेको बताए उनले पार्टी एकताको विरोध गर्नेहरुको कुनै अर्थ नरहेको टिप्पणी गर्दै उनीहरु एकताबाट छुट्ने समेत उल्लेख गरे एमालेसँगको पार्टी एकताको माओवादी नेताहरु गोपाल किराती, विश्वभक्त दुलाल आहुती, बलराम तिमल्सिना, जागृत रायामाझीलगातले विरोध गर्दै त्यसविरुद्धमा खडा हुने बताइसकेका छन् एमालेसँग पार्टी एकताको प्रक्रियामा रहेका अध्यक्ष दाहालले पहिलो पटक सार्वजनिक रुपमा एकताविरोधीहरु छुट्ने अभिव्यक्ति दिएका हुन् उनले सबै विषयमा गम्भीर छलफल गरेर एकता टुंग्याउनेमा जोड दिदै एकताका लागि नेतृत्वलाई दबाब दिन आग्रह गरे पार्टी नेतृत्वले एमालेसँग एकता गरेर क्रान्तिकारी आन्दोलनलाई विघटन र विसर्जनको अवस्थामा पु¥याएको भन्दै किराँती र द्ुलालले पार्टी पुर्नगठन गर्ने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?