काठमाडौं, ८ पुस । नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले पार्टीलाई सशक्त बनाउन पार्टी नेतृत्वलाई दबाव दिन सुरु गरेका छन् नेविसंघका विद्यार्थी नेताहरुले शनिबार काठमाडौंमा भेला आयोजना गरी निर्वाचनबाट पराजित भएको पार्टीलाई सशक्त बनाउन सुद्धिकरण अभियान संचालन गर्न पार्टी नेतृत्वलाई दबाव दिने अभियान सुरु गरेका हुन् । पार्टीलाई सशक्त बनाएर लैजान नेतृत्वलाई दबाव दिन सुरु गरिएको नेता मनोजमणि आचार्यले जानकारी दिए निर्वाचनबाट पराजित भएपछि काँग्रेसका सबै भातृ संगठनहरुले पार्टीलाई सशक्त बनाउन पार्टी नेतृत्वलाई दबाव दिँदै आएका छन् ।