जो मरेका मान्छेको पासपोर्ट प्रयोग गरी १५ वर्ष अमेरिका बसे !

काठमाडौँ, २५ भदौ- मृत्यु भएका व्यक्तिको पासपोर्टमा एक नेपाली दम्पती १५ वर्ष अमेरिका बस्न सफल भए । तर, सक्कली पासपोर्ट प्रयोग गर्ने क्रममा उनीहरू प्रहरी फन्दामा परेका छन् । सोलुखुम्बुका लाक्पा शेर्पा र उनकी श्रीमती थोक्पाको कथा हो, यो ।१५ वर्ष अमेरिका बसेर लाक्पा र थोक्पा दुई महिनाअघि नेपाल फर्किए । यस अवधिमा उनीहरूलाई अमेरिकामा धेरैले पेम्बा र याङजी भनेर चिन्थे । दुवैले आफ्नो नाम पनि पेम्बा र याङजी भएको बताउने गरेका थिए । पासपोर्ट पनि त्यही नाममा थियो । पेम्बा र याङजी शेर्पाको पासपोर्टमा आफ्नो फोटो टाँसेर उनीहरू अमेरिका गएका थिए । पासपोर्टको अवधि सकिएपछि पनि सोही नाममा नयाँ पासपोर्ट बनाए । तर, एउटा औँठा छापले १५ वर्षअघिको उनीहरूको अपराध अहिले बाहिर आएको छ । हाल दुवै हिरासतमा छन् । तीन साताअघि उनीहरू पक्राउ परेका हुन्, नयाँ पत्रिकाले खबर छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?