२ जेष्ठ २०७९, सोमवार

चुनाव उपयोगको कार्यनीति असफल भएपछि वैद्य माओवादी गम्भीर समीक्षामा

२०७४,पुष,८,शनिवार ०९:२८

0
Shares

चितवन, ८ पुस । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निर्वाचन उपयोगको नीति सकिएपछि भावी कार्यनीति तय गर्न गम्भीर छलफलमा जुटेको छ स्थानीय तह र प्रदेश तथा संसदको निर्वाचनको क्रान्तिकारी उपयोग भन्दै निर्वाचनमा सहभागी भएको वैद्य माओवादीको त्यसबारेमा समीक्षा गर्नका लागि केन्द्रीय समितिको बैठक चितवनमा बसिरहेको छ बैठकमा महासचिव मोहन वैद्य किरणको राजनीतिक तथा सांगठनिक प्रस्तावमाथि छलफल जारी रहेको छ । छलफलका क्रममा अधिकांश केन्द्रीय सदस्यहरुले निर्वाचन उपयोगपछि अब तत्कालीन कार्यनीति पूरा भएकाले अब नयाँ कार्यनीति तय गर्नुपर्नेमा जोड दिएका छन् महासचिवको प्रस्तावमाथि धाराणा राख्नेमध्ये केहीले निर्वाचन उपयोगका लागि निर्माण गरेको देशभक्त जनगणतान्त्रिक मोर्चाको औचित्य सकिएको भन्दै त्यसलाई विघटन गरेर क्रान्तिको तयारीमा लाग्नुपर्नेमा जोड दिएको स्रोतले जनाएको छ वैद्यले आफ्नो राजनीतिक प्रस्तावमा समसामयिक राजनीतिक अवस्थाको चर्चा गर्दै पार्टीले आगामी दिनमा लिने कार्यनीतिक स्टेपहरुको बारेमा व्याख्या गरिएको छ बैठकमा आगामी माघदेखि चैतसम्म गरी ३ महिने संगठन संगठन निर्माण, परिचालन तथा सदृढिकरण अभियानको प्रस्ताव गरिएको छ । सो क्रममा सशक्त फोर्स निर्माण गर्ने उल्लेख गरिएको छ यसैगरी क्रान्तिकारी पार्टी तथा समूहहरुबीच एकता र ध्रुविकरणलाई जोड दिदै नयाँ जनवादी क्रान्तिको दिशामा अघि बढ्नुपर्नेमा जोड दिइएको बताइएको छ । बैठकमा शनिबार केन्द्रीय समिति सदस्यहरुले आफ्नो धाराणा राखिसकेपछि सांगठनिक प्रस्तावमा छलफल हुनेछ गत असोजमा पोखरामा राष्ट्रिय सम्मेलन गरेको सो पार्टीले केन्द्रीय समिति र पार्टी महासचिवमा मोहन वैद्यलाई चयन गरेपनि स्थायी समिति र पोलिटब्युरोलगायतका संरचना निर्माण गरेको थिएन बैठकमा स्थायी समिति, पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य चयन गर्ने विषयमा छलफल हुने बताइएको छ । करिब डेढ वर्षअघि नेकपा एकीकृतसँग पार्टी एकता गरेपछि सो पार्टीको केन्द्रीय सम्मेलन आयोजक समिति बनाएर कार्यालय र सचिवालय गठन गरिएको थियो सोही अनुसार कार्यालय सदस्यलाई स्थायी समिति र सचिवालय सदस्यलाई पोलिटब्युरो सदस्य बनाउने तयारी भएको स्रोतको दाबी छ ।

प्रकाशित मिति: २०७४,पुष,८,शनिवार ०९:२८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पोखरा । नवलपुरको बौंदीकाली गाउँपालिकामा दुईजना स्वतन्त्र उम्मेदवारले शून्य मत पाएका छन् । मधुकर नेपाली र कृष्णप्रसाद पराजुलीले १ मत

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहान गौतमबुद्धको जन्मस्थल लुम्बिनी आइपुगेका छन् । मोदी २५६६औँ बुद्ध पुर्णिमाको अवसरमा नेपाल

जुम्ला । हिमा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लक्ष्मण शाही विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका अमरजंग शाहीलाई पराजित गर्दै

भैरहवा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार बिहान साढे १० बजे लुम्बिनी आइपुगेका छन् । उनी साँझ मात्रै भारत फर्कदैछन्

ताजा समाचार