आउँदो तीजमा रिलिज गर्ने चलचित्र ‘क्याप्टेन’मा अनमोलसँग उपासाना

काठमाडौं, ८ पुस । नेपाली चलचित्र क्षेत्रका युवा स्टार अनमोल केसी र उपसाना सिंह ठकुरी चलचित्र ‘क्याप्टेन’का लागि मुख्य नायिकाको रुपमा खेल्ने भएका छन् । तर, चलचित्र निर्माण टीमले बताए अनुसार, उपासना चलचित्रका लागि कन्फर्म भने भइसकेकी छैनन् चलचित्र निर्देशक दिवाकर भट्टराई भने नायिका तय भएको विषयमा केही खुलाउन चहेका छैन् । विकास वोर्डमा दर्ता गरिएको फारममा भने चलचित्रको नामदेखि निर्माण कम्पनी, मुख्य कलाकार र कथाकारको नाम उल्लेख गरिएको छ । भुवन केसी र अनमोल केसीको निर्माता रहेको फिल्ममा सामिप्यराज तिमलल्सिनाको कथा रहने उल्लेख छ चलचित्रमा मुख्य कलाकारको रुपमा अनमोल र उपासना रहेका छन् । स्रोतले दिएको जानकारी अनुसार, चलचित्र ‘क्याप्टेन’मा अनमोलका लागि खोजिएका अन्य युवतीभन्दा निर्माण टीमले उपासनालाई मनपराएका थिए यहि फागुन तेस्रते साताबाट छायांकन सुरु हुने चलचित्र ‘क्याप्टेन’ लाई २०७५ सालको तीजमा प्रदर्शन गर्ने भनिए पनि रिलिज मिति भने तोकिएको छैन । यो अनमोलको पाचैँ फिल्म हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?