सन् २०१७ मा बलिउडका सेलिब्रेटीहरु मध्ये सलमानको कमाइ बसैभन्दा बढी

काठमाडौं, ८ पुस । बलिउड सेलिब्रेटीहरु मध्ये सन् २०१७ मा सलमान खानले सबै भन्दा बढी कमाएका छन् । बलिउड सेलिब्रेटीहरु मध्ये सलमान सबैभन्दा अगाडी रहेको फोब्र्सको सूचीले देखाएको छ फोब्र्सले सलमानलाई टप १०० सेलिब्रेटीमा राखेको छ । यसपटक उनले भारु २ सय ३२ करोड कमाएका छन् त्यस्तै, फोब्र्सका अनुसार, दोस्रो सार्वधिक कमाइ गर्नेमा बलिउडका अर्का सेलिब्रेटी शाहरुख खान रहेका छन् । उनले भारु एक सय ७० करोड कमाएर दोस्रो स्थान ओगटेका छन् यसैगरी, क्रिकेटर कोहलीले यस वर्ष सय करोड भारु आर्जन गरेका छन्, भने अक्षय कुमारले भारु ९८ करोड कमाएका छन् । त्यसलगत्तै क्रमस सचिन तेन्दुलकर, आमिर खान, प्रियंका चोपडा, महेन्द्र सिंह धोनी र हृतिक रोशन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?