म्यादी प्रहरी मृत्यु घटनाको छानविन हुनुपर्छः शाही

काठमाडौँ, ८ पुस । विना विभागीयमन्त्री महेन्द्रबहादुर शाहीले पुस ७ गते शुक्रवारका दिन कालिकोटको सदरमुकाममा म्यादी प्रहरी विवेक ऐडीको दुःखद मृत्यु र आधा दर्जन जति घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले एक प्रेस विज्ञप्ति प्रकाशित गरी यस्तो दुःखद घटना हुुनुका कारण पत्ता लगाइ दोषीमाथि कारबाही गर्न माग समेत गरेका छन् ।

सान्नी त्रिवेणी, चार तिकुवाका हरि ऐडीका २१ वर्षीय छोरा मृतक विवेक ऐडीको घर परिवारलाई उचित राहत तथा क्षतिपूर्ति र घाइतेलाई यथाशीघ्र उपचारको व्यवस्था गरिदिन नेपाल सरकारसँग माग गर्दछु, विज्ञप्तिमा उनले भनेका छन् ।

विज्ञप्तिमा मृतक ऐडीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उनको घरपरिवार तथा सम्पूर्ण आफन्तजनमा समवेदना प्रकट गरिएकाे छ ।

यस दुःखद घडीमा सबै पक्ष संयमित भई जिल्लाको शान्ति सुुरक्षालाई थप उत्तेजित पार्ने स्थिति नहोस् भनी सम्बन्धित पक्षलाई सचेत रहनसमेत विज्ञप्तिमार्फत उनले सबैमा आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?