१३ माघ २०७९, शुक्रवार

एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन उपयुक्त : सिंह

२०७४,पुष,८,शनिवार ०६:५५

0
Shares

काठमाडौं, ८ पुस । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन गर्नु उपयुक्त हुने बताएका छन् ।

काठमाडौँ महानगरपालिका वडा नं २९ ले डिल्लीबजारमा आयोजना गरेको ‘बधाई तथा धन्यवाद’ कार्यक्रममा नेता सिंहले सबै समुदायको प्रतिनिधित्व गराउनका लागि भए पनि एकल संक्रमणीय प्रणाली आवश्यक रहेको बताए ।

नेता सिंहले निर्वाचन हुनुभन्दा दुई महिना अगाडि नै सरकारले एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन गर्नका लागि अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाएको भन्दै राष्ट्रपतिले अनुमोदनमा ढिलाइ गरेकामा दुःख व्यक्त गरे ।

पार्टीका पूर्वमहामन्त्री सिंहले जनताको जनमतलाई शीरोधार्य गरेर काँग्रेस प्रतिपक्षमा बस्ने स्पष्ट पारे । उनले काँग्रेसले विधि, प्रक्रिया पूरा गरेर प्रजातान्त्रिक परिपाटीअनुसार सत्ता हस्तान्तरण गर्ने बताए । निर्वाचनमा नतिजा कमजोर आएको भन्दै काँग्रेसमा सुधारको खाँचो रहेको उनको भनाइ थियो । नेता सिंहले पार्टीको कमजोर नतिजाबारे पार्टीभित्र गम्भीर छलफल गर्नुपर्ने भन्दै पार्टी सुधारका लागि आफूले जस्तोसुकै काम गर्न तयार रहेको बताए ।

प्रकाशित मिति: २०७४,पुष,८,शनिवार ०६:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज प्रदेश प्रमुख कार्यालय हेटौंडामा प्रदेश प्रमुख

काठमाडौं । बागमती प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज मन्त्रिपरिषदलाई पूर्णता दिने

काठमाडाैं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकाराम जम्कट्टेलले संसदबाट विश्वासको मत प्राप्त गरेका छन् ।मंगलबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको

काठमाडौं । बागमती प्रदेश सभाको सभामुखका लागि आज निर्वाचन हुँदैछ । बिहान ११ बजे बस्ने प्रदेश सभाको बैठकमा निर्वाचन प्रक्रिया

ताजा समाचार

बजेटको अर्धवार्षिक समीक्षाको तयारी
 २०७९,माघ,१३,शुक्रवार १७:०६