१० जेष्ठ २०७९, मंगलवार

एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन उपयुक्त : सिंह

२०७४,पुष,८,शनिवार ०६:५५

0
Shares

काठमाडौं, ८ पुस । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन गर्नु उपयुक्त हुने बताएका छन् ।

काठमाडौँ महानगरपालिका वडा नं २९ ले डिल्लीबजारमा आयोजना गरेको ‘बधाई तथा धन्यवाद’ कार्यक्रममा नेता सिंहले सबै समुदायको प्रतिनिधित्व गराउनका लागि भए पनि एकल संक्रमणीय प्रणाली आवश्यक रहेको बताए ।

नेता सिंहले निर्वाचन हुनुभन्दा दुई महिना अगाडि नै सरकारले एकल संक्रमणीय प्रणालीबाट राष्ट्रियसभाको गठन गर्नका लागि अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाएको भन्दै राष्ट्रपतिले अनुमोदनमा ढिलाइ गरेकामा दुःख व्यक्त गरे ।

पार्टीका पूर्वमहामन्त्री सिंहले जनताको जनमतलाई शीरोधार्य गरेर काँग्रेस प्रतिपक्षमा बस्ने स्पष्ट पारे । उनले काँग्रेसले विधि, प्रक्रिया पूरा गरेर प्रजातान्त्रिक परिपाटीअनुसार सत्ता हस्तान्तरण गर्ने बताए । निर्वाचनमा नतिजा कमजोर आएको भन्दै काँग्रेसमा सुधारको खाँचो रहेको उनको भनाइ थियो नेता सिंहले पार्टीको कमजोर नतिजाबारे पार्टीभित्र गम्भीर छलफल गर्नुपर्ने भन्दै पार्टी सुधारका लागि आफूले जस्तोसुकै काम गर्न तयार रहेको बताए ।

प्रकाशित मिति: २०७४,पुष,८,शनिवार ०६:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साह ४८ हजार ८९ मतका साथ अग्रस्थानमा छन् । साहलाई पछ्याइरहेकी

हेटौंडा । चितवनको भरतपुर महानगरपालिका प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा माओवादीकी उम्मेदवार रेनु दाहालले अग्रतालाई फराकिलो बनाउँदै लगेकी छन् । निर्वाचन

काठमाडौं । काठमाडौं महानगरपालिकामा हालसम्म एक लाख ३३ हजार ९९३ मत गणना भइसकेको छ । सो मत गणना सकिँदा मेयरका

काठमाडौं । काठमाडौं महानगरमा सुरुवाती अग्रता कायम गरेका मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाउँदै लगेका छन् । हालसम्म बालेनले

ताजा समाचार

देशमा गफाडीहरु जन्मिएका छन् : माधव नेपाल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५५
८ घण्टापछि पोखराको मतगणना पुन: सुरु
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५३
नीति तथा कार्यक्रम सकारात्मक छ : भट्टराई
 २०७९,जेष्ठ,१०,मंगलवार १९:४१
बारामा नेकपा एमाले सबैभन्दा ठूलो दल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:४०