२ जेष्ठ २०७९, सोमवार

नयाँ पात्रोबाट किन गायब भयो सर्वोच्च नेता किमको जन्मदिन ?

२०७४,पुष,८,शनिवार ०६:५१

0
Shares

प्योङयाङ, ८ पुस । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनको जन्मदिनबारे सन् २०१८ को उनकै देशको भित्तेपात्रोमा उल्लेख नगरिनुलाई आश्चर्यका रुपमा लिइएको छ । उनको जन्मदिन जनवरी ८ तारिख पर्ने बताइन्छ तर टोकियो ब्रोडकास्टिङ सिस्टम (टीबीएस) मा देखाइएको सन् २०१८ को पात्रोमा सो दिनमा उनको जन्मदिनबारे केही नभनी सामान्य रुपमा उल्लेख गरिएको छ उत्तर कोरियाका पूर्व शासकहरुको जन्मदिनलाई पनि पात्रोमा उल्लेख गरिन्छ र त्यो दिन सार्वजनिक बिदा दिएर मनाइन्छ । किम जोङ–उनका बुबा किम जोङ–इलको जन्मदिन प्रत्येक वर्ष फेब्रुअरी १६ तारिखलाई ‘शाइनिङ स्टार’ को रुपमा मनाइन्छ त्यसैगरी किम जोङ–उनका हजुरबुबा किम इल–सुङको जन्मदिन अप्रिल ११ लाई सूर्यको दिनका रुपमा मनाइन्छ । किम जोङ–उनका बुबा र हजुरबुबाको पालादेखि नै ती दिनहरुमा सार्वजनिक बिदा दिँदै आइएको छ तर आश्चर्यजनक रुपमा किम जोङ–उनको जन्मदिनका अवसरमा यो वर्ष भने त्यस्तो कुनै घोषणा गरिएको छैन । हुन त किम जोङ–उनको जन्मदिनलाई लिएर भ्रमको स्थिति पनि छ उत्तर कोरियामा उनको जन्मदिनबारे त्यतिबेला थाहा भयो जब सन् २०१४ मा बास्केट बल खेलाडी डेनिस रोडम्यानले प्योङयाङमा एउटा प्रतियोगितापछि उनलाई शुभकामना दिँदै ‘ह्यापी बर्थडे’ गीत गाएका थिए सन् २०१८ को पात्रो उत्तर कोरियाका होटल तथा पुस्तक पसलका साथै विदेशस्थित केही उत्तर कोरियाली रेष्टुराँहरुमा पनि उपलब्ध छन् नयाँ पात्रोमा किम जोङ–उनको जन्मदिनबारे उल्लेख नहुनु बाहेक अर्को परिवर्तन पनि देखिएको छ । पहिला पहिला उत्तर कोरियाली पात्रोहरु त्यहाँका सेना र किम जोङ–उनको परिवारका सदस्यहरुका तस्वीरले भरिएका हुन्थे तर यस वर्षको पात्रोमा उत्तर कोरियाली उत्पादन, त्यहाँका सुन्दर दृश्य तथा विभिन्न परिकारका खानाको तस्वीरहरु समावेश गरिएका छन् त्यसो गरिनुलाई ‘प्रचारबाजी’ गरिने पहिलाको जस्तो पात्रोको विक्रीमा कमी आएको रुपमा अथ्र्याइएको छ । बीबीसी

प्रकाशित मिति: २०७४,पुष,८,शनिवार ०६:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

President Donald Trump said Wednesday the federal government will not be extending its coronavirus social distancing guidelines once they expire

No negative impact has been seen in the local people’s health and the environment around Sisdol area, the waste dumping

The Beni-Jomsom road that connects the trans-Himalayan district of Mustang with the rest of the country has been opened for

Minister for Communications and Information Technology, Gokul Prasad Banskota, has said a person from the ruling party itself would become

ताजा समाचार

झापाका दुई पालिकामा मतगणना स्थगित
 २०७९,जेष्ठ,२,सोमवार १३:२०