समानुपातिक सांसदबारे कुनै निर्णय गरिएको छैन, ”प्रचण्ड”

भैरहवा, ८ पुस । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिनिधि सभातर्फको समानुपातिक सांसदबारे पार्टीले कुनै निर्णय नगरेको बताएका छन् “आज पत्रपत्रिकामा माओवादीका समानुपातिक सांसदको लिष्ट आएको रहेछ । तर, समानुपातिक सांसदबारे कुनै निर्णय भएको छैन’’ अध्यक्ष प्रचण्डले भने, “तपाईहरु त्यसको भ्रममा नपर्नु होला । निर्वाचन आयोगले माग्नेबित्तिकै पार्टीमा छलफल गरेर सांसद टुङ्गाउँछौं ।’’“एक–दुई जनाले विरोध गरेर पार्टी एकता रोकिँदैन । शीर्ष नेताबीच पार्टी एकतामा कुनै समस्या छैन । कसैले त्यसको विरोध गर्छन् भने ती छुट्छन् । तर विकास, समृद्धि र समाजवादको रेल अघि बढ्छ’’ प्रचण्डले भने, “को नेताले के भने, त्यसको पछि नलाग्नुस् । एमाले–माओवादीमा एकता मन नपराउने एकाध मान्छे होलान् । तर, हामी सबै एकताप्रति इमान्दार छौं, हामी सबै विषयमा गम्भीर छलफल गरेर एकता टुङ्गाउँछौं । एकता हुन नदिने तत्वबाट गरिएका प्रचार र हल्लाका पछि नलाग्नुस् । बरु, एकताका लागि नेतृत्वलाई बल दिनुस् ।’’अध्यक्ष प्रचण्ड र चक्रपाणि खनाल “बलदेव’’को सम्मानमा माओवादी केन्द्र रुपन्देहीले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय सभासम्बन्धि देखिएको विवाद छिटै अन्त्य हुने प्रचण्डले बताए । उनले भने, “बहुमतीय कि एकल संक्रमणीय भन्ने विवाद छलफलबाटै टुङ्गिन्छ । अब देश राजनीतिक गतिरोध अन्त्य गरेर अघि बढ्छ ।’’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?