आज सन्तनेता कृष्णप्रसाद भट्टराईको ९४ औं जन्मजयन्ती मनाईंदै

काठमाडौं, ८ पुस । नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९४ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी नेपाली काँग्रेस र उसका भातृ संस्थाहरुले मनाउँदैछन् सन्त नेताको पहिचान बनाएका भट्टराई नेपाली राजनीतिमा इमान र नैतिक राजनेताका रुमपा परिचित थिए । राजनीतिमा निष्ठा र मूल्य मान्यताप्रतिको प्रतिवद्धताकै कारण उनी पञ्चायती शासन व्यवस्थामा १४ वर्ष जेल जीवन विताएका थिए भट्टराईले २०४७ सालको संविधान निर्माण र कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए बालुवाटार प्रवेश र त्यहाँबाट फर्किदा निकै तामझाम देखाउने नेताहरुको भीडमा भट्टराई प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि छाता, माटाको सुराही र टिनको एउटा बाकस लिएर बाहिरिएका थिए नेता भट्टराईको जन्म सन् १९२४ मा भारतको बनारसमा भएको हो । उनले २००७ सालको राणा विरोधी आन्दोलन, २०४६ सालको जनआन्दोलनलगायत मुलुकको महत्वपूर्ण परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए वि.सं.२०४७ साल वैशाख ६ गते गठित अन्तरिम सरकार र २०५६ सालको निर्वाचनपछि नेपाली काँग्रेसले बहुमत ल्याएपछि गरी उनले दुई पटक प्रधानमन्त्रीका रुपमा मुलुकलाई नेतृत्व प्रदान गरे । उनको २०६७ साल फागुन २० गते निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?