डोपिङ प्रकरणमा मुछिएका ११ जना रुसी खेलाडिलाई आजीवन प्रतिबन्ध

काठमाडौं, ८ पुस । सन् २०१४ मा भएको विन्टर गेम्समा प्रतिबन्धित शक्तिवद्र्धक औषधि प्रयोग गरेको ठहर गर्दै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले ११ जना रुसी खेलाडीलाई ओलम्पिकान आजीवन प्रतिबन्ध लगाएको छ रजत पदक विजेता लुगेर्स तात्याना इभानोभा र अलबर्ट डेमचेन्कोसहितका ११ जना खेलाडीमाथि आइओसीले प्रतिबन्ध लगाएको हो आइओसीको विशेष कमिटीले रुसी खेलाडीको डोपिङका बारेमा गरेको लामो अनुसन्धानपछि उनीहरुमाथि प्रतिबन्ध लगाउने निर्णय गरिएको हो आइओसीले यही महिनाको सुरुमा रुसलाई आगामी वर्ष हुने शीतकालीन ओलम्पिकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो गत वर्ष रियो दि जेनेरियोमा भएको गृष्मकालीन ओलम्पिकमा प्रतिबन्ध खेपेको रुसले शीतकालीन ओलम्पिक पनि खेल्न नपाउने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?