महिला तथा बालअधिकार हननका घटना धेरै

खोटाङ, ८ पुस । यहाँ महिला तथा बालअधिकार हननसम्बन्धी घटना बढी पाइएको छ अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले शुक्रबार सदरमुकाम दिक्तेलमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार जिल्लामा महिला अधिकार हननका ३३ र बाल अधिकार हननका १३ घटना भएको पाइएको हो । त्यस्तै एक जनामा बलात्कार, एक जनामा बलात्कारपछि बेचबिखन, दुई बलात्कारको प्रयास, आठ बहुविवाह, १० घरेलु हिंसा तथा ११ अन्य प्रकारले महिलामाथि दुव्र्यवहार भएको जनाइएको छ सन् २०१७ जनवरीदेखि डिसेम्बर १५ भरी जिल्लामा संकलित मानवअधिकार ज्यादतीका ६९ घटनामध्ये बालअधिकार हननमा १२ बालिका र एक शिशु पीडित बनेको इन्सेक प्रतिनिधि सुनिता मगरले जानकारी दिए । बालअधिकार हननमा आठ बालिका बलात्कार तथा चार बालिकामाथि यौनजन्य दुव्र्यवहार भएको जनाइएको छ घटनाको प्रकाशनपूर्व सरोकारवाला निकायसँग गरिएको समीक्षा कार्यक्रममा जिल्लामा नौ जनाको हत्या भएको बताइएको छ । त्यस्तै बम विस्फोटबाट एक जना घाइते बनेको तथा कुटपिटबाट आठ जना घाइते बनेको जनाइएको छ सम्पत्तिमाथिको अधिकारअन्तर्गत सो वर्ष पाँच घटनामा चार जना पीडित हुन पुगेका छन् । तिनमा सार्वजनिक भवनमा आगजनी र चार व्यक्तिको सम्पत्ति कब्जा गरेको भनी आतंकित बनाइएको पाइएको छ । कार्यक्रममा जिल्लामा हुने कतिपय गम्भीर प्रकृतिका घटना सार्वजनिक नहुँदा पीडकले उन्मुक्ति पाउने गरेको अधिकारकर्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?