‘काली भन्या छैन मैले’ भन्दै कसलाई सुनाउँदै छन् गायक हिमाल सागर (भिडियो)

काठमाडौं, ८ पुस । विगत लामो समयदेखि नेपाली गीत संगितिक क्षेत्रमा आफूलाई स्थापित गर्न सफल पप तथा आधुनिक गायक हिमाल सागरले अर्को म्यूजिक भिडियो ‘काली भन्या छैन मैल’ सार्वजनिक गरेका छन् नेपाली गायक तथा संगीतका ताराबीर पाण्डेको मयन नामक स्टुडियोबाट चर्चित गायक हिमाल सागरले ‘काली भन्या छैन मैले’ भन्दै कसैलाई भनिरहेका छन् ‘तिम्रो रुप रंग हेरी काली भन्या छैन मैले’ बोलको गीत दिलीप घिमिरेले लेखेका हुने भने ताराबीर पाण्डेले नै यसको संगीत गरेका हुन् । गायक हिमार सागरले स्वर दिएका यस गीतमा बिनोद रसाइलीले संगीत संयोजन गरेका छन् भने महेश्वर मान राजभण्डारीको मिक्सिङ रहेको छ त्यस्तै, जनकराज अधिकारीले खिचेको यस भिडियोमा तुलसी बाँस्कोटाको सम्पादन रहेको छ https://youtu.be/Z_8oAccHABc 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?