२ जेष्ठ २०७९, सोमवार

नेपालमा १० प्रतिशत छोरीको विवाह १५ वर्ष नपुग्दै

२०७४,पुष,८,शनिवार ०४:१०

0
Shares

नेपालगञ्ज, ८ पुस । ‘छोरीका निम्ति स्वर्णिम नेपाल महाअभियान’ अन्तर्गत बाल विवाह अन्त्य संकल्प बाँके जिल्लामा पनि शुक्रबारदेखि शुरु गरिएको छ अभियानकर्मीद्वय नायिका रेखा थापा र नरबहादुर कार्कीको अगुवाइमा थालिएको सो अभियानलाई स्थानीय तहका नागरिक समाजका अगुवाले पनि सघाएका छन् । जिल्लामा सो अभियानमा लायन्स क्लब अफ नेपाल डिष्ट्रिक ३२५ बी का गभर्नर मधुसूदन शर्मा, पूर्वगभर्नर सेम शाक्य, बी ग्रुपका गोपालनाथ योगी, महिला अधिकारकर्मी ऋचा लुइँटेललगायतले व्यक्तिगत रुपमा सहयोग गरेका छन् अभियानअन्तर्गत शुक्रबार यहाँ आयोजित खुला जनसभामा सहभागी विद्यालय र कलेजस्तरका विद्यार्थीका लागि बाल विवाहबाट उत्पन्न हुने समस्या र त्यसले व्यक्ति, परिवार र समाजमा पार्ने नकारात्मक प्रभावका विषयमा जानकारी दिइएको थियो सो अभियानका तर्पmबाट आयोजित पत्रकार सम्मेलनमा थापा र कार्कीले कुनै सहयोगी संस्थाका सहयोग नलिएर सबैको साझा अभियानका रुपमा कार्यक्रम सञ्चालन गरिने बताए । उनीहरुका अनुसार नेपालमा हाल ३७ प्रतिशत छोरीको विवाह १८ वर्ष उमेर नपुग्दै र १० प्रतिशत छोरीको विवाह १५ वर्ष उमेर नपुग्दै हुने गरेको छ ।

प्रकाशित मिति: २०७४,पुष,८,शनिवार ०४:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

खोटाङ । काठमाडौंका मेयरका उम्मेदवार बालेन शाहको हारजितको विषयमा सट्टेबाज गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । बालेनको जित

धनुषा । धनुषाको जनकनन्दनी गाउँपालिका–१ कमलाखोलामा हिजो बेलुकी ट्रयाक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४५

रसुवा। रसुवाको उत्तरगया गाउँपालिका–५ नौबिसेमा गएराती मोटरसाइकल दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोही

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नेपाल र भारतबीच विद्युत व्यापारका लागि प्रस्तावित न्यू बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन

ताजा समाचार

आइबा बक्सिङ : पुनम पराजित
 २०७९,जेष्ठ,२,सोमवार १९:३३