ज्याला माग्दा पनि मारिए म्यादी प्रहरी

कालीकोट, ८ पुस- जिल्ला प्रहरी कार्यालय कालिकोटले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएको भन्दै शुक्रबार बिहान म्यादी प्रहरीलाई अबिर लगाएर बिदा ग¥यो । बिहान हात मिलाएर खुसीसाथ बिदा भएका उनीहरू दिउँसो एकाएक प्रहरी कार्यालय फर्किए तलब र भत्ता कम भएको गुनासो गर्न पुगेका उनीहरूको कुरा सुन्न कार्यालयले अटेर मात्रै गरेन, प्रहरीले अन्धाधुन्द लाठीचार्ज गरेर लखेट्ने प्रयास ग¥यो । झडपक्रममा प्रहरीले गोली चलाउँदा एक जना म्यादी प्रहरीको मृत्यु नै भयो निर्वाचन सुरक्षाका लागि दुई महिनासम्म सँगै काम गरेका म्यादी प्रहरी र प्रहरीबीच झडप हुँदा सान्नीत्रिवेणी गाउँपालिकाका २१ वर्षीय विवेक ऐडीको ज्यान गएको हो । टाउकोमा गोली लागेका उनी जिल्ला प्रहरी कार्यालयको गेटमै ढलेका थिए निर्वाचनमा खटिएबापतको भत्ता माग्न गएका ऐडी आफूलाई अबिर लगाएर बिदा गर्ने प्रहरीकै हातबाट मारिए , खबर आजको अन्नपुर्ण पोष्टमा छ, उनको ज्यान गएपछि सदरमुकाम मान्म तनावग्रस्त बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?