यी हुन् केटाहरुको आँखा पर्ने महिलाको अंग

काठमाडौं – महिलाहरुलाई घुरेर हेर्ने बानी पुरुषका लागि कुनै नौलो होइन । चोक–चोकमा बसेका युवादेखि वयस्क–बुढाहरु समेत आउनेजाने केटीहरुलाई घुरेर हेर्ने गर्छन् । यसरी घुरेर हेर्दा आखिर के हेर्छन् त पुरुषहरु ? यसबारे अमेरिकी वैज्ञानिकहरुले निकै रोचक खुलासा गरेका छन् । अमेरिकाको युनिभर्सिटी अफ नेब्रास्का–लिन्कनको शोधकर्ताहरुको अनुसार पुरुषहरु महिलाको अुनुहार र आँखामा सबैभन्दा कम हेर्ने गर्छन् । उनीहरु महिलाको वक्षस्थल र कमरको आसपास बढी हेर्ने गर्छन् । अझ पातलो कमर भएका महिलाहरुलाई पुरुष बढी हेर्ने कुरा पनि उक्त अध्ययनमा बताइएको छ तपाईं यो सुनेर आश्चर्य लाग्न सक्छ, पुरुष जस्तै महिलाहरु पनि अन्य महिलाहरुलाई हेर्दा उनीहरुको अनुहारलाई नभएर शरीरका अन्य भागहरुलाई नै हेर्ने गर्छन् । यस अध्ययनमा शोधकर्ताहरुले ३६ पुरुष र २९ महिलाहरुलाई सामेल गरेका थिए । यसरी अध्ययन गर्दा उनीहरुको शरीरमा आइ–ट्रेकिङ मेसिन जडान गरेका थिए । त्यसपछि उनीहरुलाई दुब्ली, सुडौल र औसत शरीर भएका महिलाहरुको १० वटा फोटो दिइएको थियो र उनीहरुले उक्त फोटोमा महिलाहरुको कुन अंगमा बढी हेर्छन् भनेर रेकर्ड गरिएको थियो । त्यसरी अध्ययन गर्दा उनीहरुले महिलाको वक्षस्थल र कमरको छेउको भागमा बढी हेर्ने देखाइएको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?