२७ श्रावण २०७९, शुक्रवार

सरकारले दुख दियो भूकम्प प्रभावितलाई, सहुलियत कर्जा पाएनन्

२०७४,भाद्र,२५,आईतवार ०१:४३

0
Shares

काठमाडौं, २५ भदौ- सरकारले सहुलियत कर्जाको घोषणा गरेको दुई वर्षभन्दा बढी हुँदा पनि भूकम्प प्रभावितले यस्तो कर्जा लिन सकेका छैनन् ।पुनर्निर्माण प्राधिकरण बैंकको प्रक्रिया झन्झटिलो र पीडितमैत्री नभएका कारण कर्जा लिन नपाएको बताउँछन् भने बैंकर्सहरू कर्जा माग्नै नआएको दाबी गर्छन् । सरकारले १५ जेठ ०७२ मा सार्वजनिक गरेको आर्थिक वर्ष ०७२÷७३ को बजेटमा सहुलियत कर्जाको घोषणा गरेको थियो, अन्नपूर्ण पोस्टमा खबर छ ।दुई प्रतिशत ब्याजमा दिने भनिएको सहुलियत कर्जा अहिलेसम्म तीन सय भूकम्प प्रभावितले मात्रै लिएका छन् । ०७४ को असार मसान्तसम्म ८५ करोड ८० लाख रुपैयाँ यो कर्जा प्रवाह भएको छ । पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा.गोविन्द पोखरेलले बैंकिङ प्रक्रिया झन्झटिलो भएकाले भूकम्प प्रभावितले कर्जा लिन नसकेको बताउँछन् ।

‘बैंकबाट प्रक्रिया पुर्‍याएर कर्जा लिन निकै कठिन छ’, उनले भने, ‘धेरैले प्रक्रिया पुर्‍याउन नसकेर कर्जा आवेदन दिए पनि बीचैमा छाडेका छन् ।’तर, बैंकर्सहरूको दाबी भने बेग्लै छ । उनीहरू कर्जा माग्न भूकम्पपीडित नआएको बताउँछन् ।नेपाल बैंकर्स संघका अध्यक्ष अनिल शाह दुई प्रतिशत सहुलियत ब्याजमा कर्जा माग्न प्रभावितहरू नआएको दाबी गर्छन् ।

प्रकाशित मिति: २०७४,भाद्र,२५,आईतवार ०१:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भैरहवा । दिइरहेको सेवालाई परिमार्जित गरी युनिभर्सल मेडिकल कलेजले विशिष्ट विशेषज्ञ सेवा सुरु गरेको छ । छिटो छरितो र सहज

कैलाली । बेमौसमी वर्षाले धान बालीमा क्षति व्यहोरेर पीडित भएका कैलालीको गोदावरी नगरपालिका–८ का किसान मनिराम चौधरी अहिले राहत रकम

काठमाडौं । पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथरी–उर्लाबारी बीचको सडक खण्डमा रहेका खाल्डाखुल्टीका मर्मत नहुँदा दैनिक जसो दुर्घटनाका घटना बढ्दै गएका छन्

जनकपुरधाम । गत वैशाखमा भएको स्थानीय निर्वाचन तहको निर्वाचनपछि धनुषामा १२ हजार १७ नयाँ मतदाता थपिएका छन् । जनकपुरधामस्थित निर्वाचन

ताजा समाचार

मिर्गौला रोगबाट ग्रसित एक पुरुष मृत भेटिए
 २०७९,श्रावण,२७,शुक्रवार १९:१८
युवा क्लबकाे सक्रियतामा सरसफाई गरिँदै
 २०७९,श्रावण,२७,शुक्रवार १७:४७