२४ माघ २०७९, मंगलवार

नाभीमा तेल लगाउँदाको यस्तो फाइदा

२०७४,पुष,७,शुक्रवार १६:५८

0
Shares

मानिसले बेली बटन अर्थात् नाभीको विषयमा त्यति धेरै ध्यान दिँदैनन् । तर, नाभीको वरिपरि नियमित तेल लगाउने बानीले भने मानिसलाई ठूलो फाइदा पुर्‍याइरहेको हुन्छ । सुत्नुअघि वा बिहानको समय नियमित नाभीमा तेल लगाउँदा फाइदा हुने खबर नयाँ पत्रिकामा छापिएको छ | धेरै मानिस अनुहारमा आउने कालो खटिराका कारण दिक्क हुन्छन् । यस्तो खटिरामुक्त हुनका लागि क्रिमको प्रयोगदेखि ठूलो धनराशि खर्च गरेर उपचारसमेत गराइरहेका हुन्छन् । तर, नियमित एक थोपा तेल नाभीवरिपरि दलेमा मात्र यस्तो समस्याबाट मुक्त भइन्छ भन्ने कुराचाहिँ धेरैलाई थाहा नहुन पनि सक्छ । हरेक दिन नीमको तेलले नाभीमा मसाज गरेमा केही हप्तापछि नै यस्तो समस्याबाट छुटकारा पाउन सकिन्छ । यसले अनुहारमा भएको कालो, सेतो धब्बा र दागलाई समेत हटाउने काम गर्छ । अनुहारमा चमक ल्याउनका लागि पनि नाभीको भूमिका महत्वपूर्ण साबित हुन सक्छ । यदि सधैँ अनुहारलाई चम्किलो बनाउन चाहनुहुन्छ भने दैनिक रूपमा बदामको तेलले नाभी मालिस गर्न सक्नुहुन्छ । जाडो मौसम आउनेबित्तिकै मानिसहरू ओठ फुट्ने समस्याका कारण हैरानी बेहोरिरहेका हुन्छन् । यसरी ओठ फुट्दा काम गर्दा र बोल्दासमेत असजिलो महसुस हुने गर्छ । यस्तो समस्याबाट छुटकारा पाउनका लागि तपाईंलाई एक थोपा सस्र्युंको तेल नै काफी बन्न सक्छ । दैनिक रूपमा सस्र्युंको तेलले नाभी मालिस गर्दा ओठको समस्या मात्र नभएर जाडोको दुखाइलाई समेत कम गर्ने काम गर्छ । जाडो मौसममा छालासम्बन्धी रोगले मानिसलाई सताउने गर्छ । यस्तो मौसममा आवश्यक स्याहार नगर्दा छाला रुखो र खस्रो बन्ने, स्किन फुस्रो हुने, गाला र आँखा चाउरिने गर्छ । यस्तो समस्याबाट छुटकारा पाउनका लागि मोस्चराइजरले मात्र काम नगर्न पनि सक्छ । त्यसको विकल्पमा दैनिक सुत्नुअघि नरिवलको तेलले नाभी मालिस गर्ने बानी गर्नुपर्छ ।

प्रकाशित मिति: २०७४,पुष,७,शुक्रवार १६:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न सुझाव दिएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडिया र मिडियाकर्मीप्रति दिएको अभिव्यक्तिप्रति नेपाल मिडिया सोसाइटीले ध्यानाकर्षण गराएको छ ।

काठमाडौं । सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपित रेशमलाल चौधरीको मुद्दामा प्रत्यर्थी (सरकार पक्ष) झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय टङ्कबहादुर

काठमाडौं । नेपाल प्रहरीले ७८ लाख ५० हजार रुपैयाँसहित सहित हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान

ताजा समाचार

गण्डकी प्रदेशसभाको बैठक बस्दै
 २०७९,माघ,२४,मंगलवार १०:३८
आगलागीबाट बालिकाको मृत्यु
 २०७९,माघ,२४,मंगलवार १०:२७