अहिले चर्चामा रहेकी अनुष्काको ५ बिहे

अभिनेत्री अनुष्का शर्माले ११ डिसेम्बरमा इटलीमा क्रिकेटर विराट कोहलीसँग बिहे गरिन् । अनुष्का र विराट लामो समयदेखि प्रेममा थिए । ‘रियल’मा उनको यो नै पहिलो बिहे हो । तर, उनले ‘रिल’ मा भने पाँचचोटि बिहे गरिसकेकी छिन् । अर्थात्, उनले अहिलेसम्म पाँचवटा फिल्ममा विवाहित नारीको भूमिका निर्वाह गरेकी छिन् सन् २००८ मा रिलिज भएको ‘रब ने बनादी जोडी’ अनुष्काको डेब्यु फिल्म हो । हिरोइन बनेको पहिलो फिल्ममै अनुष्काले विवाहित नारीको भूमिका निर्वाह गरिन् । फिल्ममा उनको शाहरुख खानसँग बिहे हुन्छ । आदित्य चोपडाको निर्देशनमा बनेको सो फिल्ममा अनुष्काले गरेको अभिनयले तारिफ पाएको थियो । रब ने बनादी जोडी सुपरहिट फिल्म हो अनुष्काले विवाहित नारीको भूमिका निर्वाह गरेको अर्काे फिल्म हो, ‘सुल्तान’ । सन् २०१६ मा रिलिज भएको सुल्तानमा उनी अभिनेता सलमान खानकी पत्नी बनेकी छिन् । अलि अब्बास जफरले निर्देशन गरेको सुल्तान सुपरहिट फिल्म हो ‘ए दिल है मुस्किल’ फिल्ममा पनि अनुष्काले विवाहित महिलाको भूमिका निर्वाह गरेकी छिन् । फिल्मको सुरुवातमा उनी रणवीर कपुरसँग आकर्षित भएकी हुन्छिन् । तर, बिहे भने फवाद खानसँग गर्छिन् । सन् २०१६ को यो फिल्म करण जौहरले निर्देशन गरेका हुन् । फिल्म सुपरहिट भएको थियो‘फिल्लौरी’ फिल्ममा पनि अनुष्काले विवाहित नारीको भूमिका निर्वाह गरेकी छिन् । सन् २०१७ को मार्च २४ मा रिलिज भएको फिल्म अनुष्का र उनका भाइ कर्नेश शर्माले निर्माण गरेका हुन् । नवदीप सिंहको निर्देशनमा बनेको फिल्ममा अनुष्काको पतिको भूमिकामा दिलजित दोसाङ छन् । फिल्मले औसत व्यापार गरेको थियो सन् २०१५ मा रिलिज भएको ‘एनएन १०’ नामक फिल्ममा अनुष्काले विवाहित महिलाको भूमिका निर्वाह गरेकी थिइन् । सो फिल्ममा अनुष्का अभिनेता नील भूपलम्की पत्नी बनेकी थिइन् । नवदीप सिंहले निर्देशन गरेको यो फिल्मले बक्सअफिसमा धमाल मच्चाउन भने सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?