आलोचना भएपछि महानगरले थाल्यो यस्तो काम

गगन अयडी कैलाली ७ पुस—छाडा पशुचौपाया व्यवस्थित रुपमा राख्न नसकेको भन्दै आलोचना भएपछि धनगढी उपमहानगरपालिकाले गौशाला निर्माणको काम अगाडि बढाएको छ उपमहानगरपालिकाले देवरिया सामुदायिक वन उपभोक्ता समूहको जमिनमा पशु चौपायाको व्यवस्थापनका लागि खरको छाना सहितको गौशाला निर्माणको कामलाई तिव्रता दिएको हो मंसिर १ गतेदेखि गौशाला निर्माणको काम थालिएकोमा अहिले खरको छानो सहित एक भवन निर्माण भइसकेको छ भने अर्को भवन निर्माणको चरणमा रहेको छ । दुवै गौशाला निर्माणपछि पशु चौपाया व्यवस्थापनमा सहज हुने उपमहानगरपालिका कार्यालयले विश्वास लिएको छ नगर क्षेत्रमा छाडा छोडिएका पशुचौपायाको व्यवस्थापनका लागि धनगढी उपमहानगरपालिकाले वडा नम्बर ७ मा पर्ने देवरिया सामुदायिक वनको हाता भित्र गौशाला निर्माणको कार्यलाई तिव्रता दिएको हो । पशु व्यवस्थापनका लागि उक्त स्थानमा दुई वटा टहरा निर्माणको काम भइरहेको छ । खरको छानासहितको गौशालामा पशुलाई आवश्यक पर्ने दानापानी एव्म घाँस खुवाउन टहरा भित्र डुणको समेत व्यवस्था गरिने उपमहानगरपालिकाले जनाएको छ गौशाला निर्माणको जिम्मेवारी पाएको दिप निर्माण सेवाले पहिलो टहराको काम सकेर दोस्रो टहरा निर्माण गरिरहेको छ । दुवै टहरामा करिब ३५ लाखसम्मको लागत लाग्ने अनुमान गरिएको दिप निर्माण सेवाका ठेकेदार कर्णबहादुर विष्टले बताए ती दुवै टहरामा पशुले गरेको पिसाब निष्कासनका लागि नाली बन्ने, चारैतिर मसिनो तारजाली लगाइने छ । टहराको क्षमता ३ देखि साढे ३ सय पशु अटाउने रहेको ठेकदार कम्पनीले जनाएको छ । नगर क्षेत्रमा सयौंको संख्यामा छाडा छोडिएका पशुचौपाया रहेकाले २ वटा टहराले मात्र नधान्ने भएकाले उपमहानगरपालिकालाई पशु व्यवस्थापनका लागि थप चुनौति देखिएको छ यता धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले नगर क्षेत्र भित्रका केही चौपायालाई बाहिर पनि पठाईने तयारी गरिएको भन्दै आवश्यकता परेमा अर्को टहरा पनि थप्ने बताए यद्यपि, गौशाला निर्माणमा के कति लगानी लाग्ने हो भन्ने बारेमा उपमहानगरपालिकाले अहिले नै स्पष्ट नभएको जनाएको छ । देवरिया सामुदायिक वन क्षेत्रमा तारजाली भित्र थुनेर उपमहानगरपालिकाले साढे २ सय भन्दा बढि पशु राख्दै आएको कामदारले बताएका छन् नगरपालिकाले पशुको आहाराका लागि दैनिक २ टिपर परालको व्यवस्था गरेको छ । पहिलेको भन्दा केही व्यवस्थीत हुदा आफुहरुलाई खुसि लागेपनि ६ जना मात्र कामदार हुदा समस्या भएको गौशालामा पशुको स्याहार सुसार गर्दै आउनुभएका खडक रानाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?