हात्तीले गर्दा यसरी भयो लोडसेडिङ

काठमाडौँ, ७ पुस – जंगली हात्तीले आज कुसुम र कोहलपुरका १३२ केभी प्रसारण लाइनमा क्षति पु¥याएपछि सुदूरपश्चिम र मध्यपश्चिममा विभिन्न जिल्लामा विद्युत् प्रसारण अवरुद्ध भएको छ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बाँकेको शमशेरगञ्ज नजिक पर्ने १३२ केभी डबल सर्किट प्रसारण टावरलाई जंगली हात्तीले क्षति पु¥याएको थियो । टावर नं ४८५ क्षतिग्रस्त भएपछि सो संरचनाबाट विद्युत् प्रवाह हुने १३२ केभी सबस्टेशन लालपुर, अत्तरिया, पहलमानपुर, भुरीगाउँ र कोहलपुरमा नेपालबाट उत्पादित विद्युत् प्रवाह गर्न अवरोध भएको हो हाल ती स्थानमा टनकपुर सबस्टेशन भएर भारतबाट आयात हुने विद्युत् मात्र प्रवाह भइरहेकाले ती सबस्टेशनबाट विद्युत् आपूर्ति हुने विभिन्न क्षेत्रमा समस्या पैदा भएको छ । ती स्थानमा हाल करिब १५ मेगावाट विद्युत् अपुग भई केहीबेर विद्युत् कटौती गर्नुपर्ने बाध्यता आएको घिसिङले जानकारी दिए टावरको वास्तविक क्षति पत्ता लगाई नयाँ टावर जडान वा अस्थायी व्यवस्था मिलाउन प्राविधिक टोली परिचालन गरी सकिएको प्राधिकरणले जनाएको छ । उक्त ठाउँमा अस्थायी र स्थायी व्यवस्था अविलम्ब मिलाई विद्युत् आपूर्ति नियमित बनाउन प्राधिकरण क्रियाशील भएको घिसिङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?