विराटनगरमा सिटी रिक्सा चालकहरु आन्दोलनमा

विराटनगर ७ पुस। रुट प्रणाली खारेजीको माग गर्दै विराटनगर महानगरपालिकाका सिटी रिक्सा चालक शसक्त आन्दोलनमा उत्रिएका छन् । महानगरपालिकाभित्र चल्ने सिटि रिक्सालाई रुट अनुसार चल्न प्रशसनले कडाई गरेपछि चालकहरु अन्दोलनमा उत्रिएका हुन् रुट प्रणालीमा असन्तुष्टि जनाउदै आज महानगरपालिकाका सिटि चालकले जिल्ला प्रसासन कार्यालय घेराउ समेत गरेका थिए । दावाव स्वरुप सिटि चालकहरुले भोलीवाट अनिश्चितकालको लागि महानगरपालिका भित्र सिटि चालउन बन्द गर्ने भएका छन् । रुट प्रणाली खारेज नभएसम्म महानगरपालिका भित्र सिटि नचाउने चालकहरुको भनाई रहेको छ रुट प्रणाली लागुभएसगै सिटि रिक्सा चालकले तोकिएको रुटभित्र मात्र रिक्सा चलाउन पाउने भएका छन्, जस्का कारण चालकले सजिलै यात्री नपाउने र यात्रीले समेत सिजिलै सिटि रिक्सा नपाउने जस्ता समस्या सिर्जना हुने चालकको बुझाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?