सिरहाको मालपोतकोमा भएको बम विस्फोटको जिम्मा गोइत समूहले लियो

सिरहा, ७ पौष । सिरहाको सदरमुकाममा रहेको मालपोत कार्यालयमा शुक्रबार भएको कुकर बम बिस्फोटको जिम्मा जयकृष्ण गोइत नेतृत्वको सशस्त्र भूमिगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले प्रेस विज्ञप्ती मार्फत मोर्चाका अध्यक्ष गोइतले बम विस्फोटको जिम्मा लिएका हुन् उनले तराईमा भ्रष्टाचार विरोधी अभियान अन्तर्गत मालपोत कार्यालयमा बम विस्फोट गराएको विज्ञप्तिमार्फत् जनाएका छन् । ‘तराईमा भ्रष्टाचार रोक्नु अपरिहार्य हुन गएको छ । सभ्य समाजमा भ्रष्टाचारलाई अपराधकै दर्जामा राख्ने गरिन्छ । चोरी, डकैती, हत्या आदि जस्तै भ्रष्टाचार पनि समाजिक अपराध हुन् ।’ गोइतले विज्ञप्तिमा उल्लेख गरेका छन् । गोइतले ‘यसरी भ्रष्टाचार (अपराध) जारी नै रहे भन्ने यस भन्दा पनि उच्च स्तरको कार्वाही मालपोत कार्यालयमा हुनेछ । यसबाट उत्पन्न हुने दुष्परिणामको जिम्मेवार भ्रष्टाचारी (अपराधी) को अखडा मालपोत कार्यालय नै हुने छ ।’ प्रेस विज्ञप्ती मार्फत चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?