१६ मङ्सिर २०८०, शनिवार

पस्किएको भात खान नपाई घरमाथि बस बज्रियो…

२०७४,भाद्र,२५,आईतवार ०१:३७

0
Shares

नुवाकोट, २५ भदौ- शिवपुरी गाउँपालिका ७ लोहरेटोलकी सीता तामाङ शनिबार बिहान ११:४० बजे भात पस्किएर खान ठिक परेकी मात्र थिइन्। तर, एक्कैचोटी घर भत्कियो। उनले कसरी घर भत्कियो भन्ने केही थाहा पाइनन्। उनले एक गाँस पनि भात नखादै उनको घर पुरै क्षतविक्षत भएको थियो भने दर्जनौँ यात्रु बोकेको बस उनको घरमाथि टुक्राटुक्रा भएर बज्रिएको थियो।काठमाडौंको माछापोखरीबाट नुवाकोटको खरानीटारका लागि हिँडेको बस शिवपुरी गाउँपालिका ७ लोहोरेटोको सडकबाट तीन सय ५० मिटर झरेपछि सीताको घरमै बज्रिएको हो। खरानीटार जाँदै गरेको बा १ ख ६३४८ नम्बरको बस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने २८ जना घाइते छन्।बस दुर्घटना हुँदा घरमै गम्भीर घाइते भएकी अनिल तामाङकी श्रीमती ३१ वर्षीया सीताको अहिले काठमाडौको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ। बस दुर्घटना भएको प्रत्यक्ष देखेका स्थानीय राजन गुरुङले यस्तो दृश्य जीवनमा पहिलो पटक देखेको बताए। ‘एक्कासी बस भीरमा खस्यो, यस्तो दुर्घटना देखेपछि म केही बोल्न पनि सकिन्’, डराएको अवाजमा गुरुङले भने।सदरमुकाम विदुरदेखि ४५ किलोमिटर पूर्वमा रहेको शिवपुरी गाउँपालिकामा भएको बस दुर्घटनाका २८ घाइतेमध्ये १८ जनाको राजधानीको धापासिस्थित ग्रीनसिटी अस्पतालमा उपचार भइरहेको छ। अन्य आठ जनाको ग्राण्डी अन्तराष्ट्रिय अस्पताल र एक जनाको बीपी स्मृति अस्पतालमा उपचार हुँदै छ।जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक वीरेन्द्रकुमार वस्यालका अनुसार बस लोहोरे टोलमा पुग्दा साँघुरो सडकबाट साल र उत्तिसका ठूलाठूला रुख भाँच्दै सीताको घरमा बज्रिएको थियो, अन्नपूर्णमा खबर छ ।

प्रकाशित मिति: २०७४,भाद्र,२५,आईतवार ०१:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आज देखि सुरु भएको छ । शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय

काठमाडौं । नेपालका महिला प्रहरी अधिकृतहरुको नाम लिँदा प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दको नाम पहिलो लहरमै आउँछ । जो

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

ताजा समाचार

पल शाह अभिनीत ‘मायावी’को छायाङ्कन सकियो
 २०८०,मङ्सिर,१६,शनिवार १७:२७
बैतडीमा १७ वर्षीया किशोरी बलात्कृत
 २०८०,मङ्सिर,१६,शनिवार १७:१०
लागुऔषधसहित २ जना पक्राउ
 २०८०,मङ्सिर,१६,शनिवार १७:०३