हास्य कालाकार बले र कक्रोचको ‘माया मै सँग लाइदेउन’ (भिडियोसहित)

काठमाडौं, ७ पुस । हास्य टेलिश्रृंखला भद्रगोलका कलाकार सागर लम्साल ‘बले’ र हरिश निरौला ‘कक्रोच’ अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ नयाँ म्यूजिक भिडियो ‘माया मै सँग लाइदेउन’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको हो हास्य कलाकारको रुपमा आमदर्शक माझ राम्रो छवि बनाएका उनीहरुसँग म्यूजिक भिडियोमा भद्रगोलकी कलाकार रक्षा श्रेष्ठ र जुना सुन्दालाई पनि देख्न सकिन्छ । म्यूजिक भिडियोमा बलेको जोडी रक्षा र कक्रोचको जोडी जुनालाई देख्न सकिन्छ । यो म्यूजिक भिडियोमा उनीहरुले रोमान्स गरेका छन् यस भिडियोमा बले र कक्रोचको प्रेमिका बनेका रक्षा र जुना भद्रगोलका अर्का चर्चित हास्य कालकार मधुसुदन पाठक ‘सितेबा’का अंगालोमा देखिएका छन् । त्यस दृश्यले गर्दा भिडियो झनै रोमान्टिक बनेको छ निकै मिठो बनेको यो गीतमा किरण भुजेल र मेलिना राईको स्वर रहेको छ । डिपी खनालको शब्द रहेको यो गीतामा शंकर थापाको संगीत रहेको छ । उदयराज पौडेलको एरेन्जमा तयार पारीएको उक्त गीतको भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् भने सुरेन बसेलको कोरियोग्राफी छ https://youtu.be/QdNx9moH53I 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?