किन रोक्यो सर्वोच्चनले आशा कोइरालाको सपथ ग्रहण

काठमाडौं, ७ पुस । सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता प्रदीप पौडेललाई पराजित गरी जम्मा ५ मतले विजयी भएकी माओवादी केन्द्रकी आशा कोइरालाई तत्काल सांसद पदमा सपथ लिन रोक लगाएको छ प्रदेशसभा (क)मा प्रत्यक्षतर्फबाट निर्वाचित भएकी तनहुँ क्षेत्र नं. २ कोइरालाई सर्वोच्चले बिहीबार पौडेलले दर्ता गरेको रिटमा पहिलो सुनुवाई गर्दै अर्को छलफल नभएसम्मका लागि आशा कोइरालाई सपथ लिन रोक लगाएको हो सर्वोच्चले विपक्षी निर्वाचन आयोगसँग पनि लिखित जवाफ माग गरी सपथ ग्रहण तथा कामकाज हालका लागि नगर्न अन्तरकालीन आदेश जारी गरेको हो त्यस्तै, सर्वोच्चले अन्तरिम आदेश गर्ने–नगर्ने विषयमा छलफल गर्न दोस्रो सुनुवाइका बेला सबै पक्षलाई उपस्थित गराएको छ प्रधानन्यायधीश गोपाल पराजुलीसहित पाँच जना न्यायाधीशको संवैधानिक इजलासले आयोगलाई छलफलमा बोलाउँदै पुस १९ गते बुधबारसम्मका लागि कोइरालाको सपथ ग्रहणलाई रोक लगाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?