पाँच दलको बैठक निष्कर्षबिहीन, ओलीद्वारा एकल संक्रमणीय मतप्रणालीको विरोध

काठमाडौं, ७ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको प्रमुख पाँच दलको बैठक निष्कर्षविहीन सकिएको छ राष्ट्रियसभा निर्वाचनसम्वन्धी अध्यादेशमा सहमति जुटाउन प्रधानमन्त्रीले बोलाएको प्रमुख पाँच दलको बैठक निष्कर्षमा नपुगि सकिएको हो आज बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति समक्ष सिफारिस अध्यदेशमा सहमति खोजेको छन् । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालले प्रसताववित एकल संक्रमणीय मतप्रणालीको समर्थन गरेका छन् त्यस्तै, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकल संक्रमणीय मतप्रणालीको विरोध गरेका छन् ‘प्रधानमन्त्रीले राष्ट्रपति कहाँ जुन अध्यादेश प्रस्तुत भएको छ त्यसमा सहमति चाहियो भनेका थिए’, बैठकपछि माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले भने, ‘अध्यादेश प्रस्तुत गर्दा सहमति भएन र सरकार आफैंले प्रस्तुत गरेको अन्तरवस्तुभन्दा भिन्न भयो । त्यसैले यसमा निष्कर्षमा पुग्न नसकिएको निष्कर्ष निकाले ।’त्यस्तै, नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सरकारले प्रस्तुत गरेको अध्यादेशमा उल्लेख रहेको एकल संक्रमणीय मतप्रणालीमा फोरम र राजपाको पनि सहमति जनाएको बताए । ‘एमाले अध्यक्ष ओलीले यो असंवैधानिक हो, एकल संक्रमणीय मिल्दैन भने,’ निधिले भने, ’महन्थ ठाकुर र उपेन्द्र यादवजीले हामी एकलसंक्रमणीय पक्षमा छौं भनेका छन् ।’पाँच दलको बैठकमा एमाले र माओवादीका नेताहरुले देउवालाई नयाँ सरकार गठनको बाटो खोल्न आग्रह गरेका थिए प्रधानमन्त्री देउवाले भने आफू सरकार छाड्न तयार नै भएको बताएका छन् । ‘म छिट्टै मुक्त हुन चाहन्छु । जनताको जनोदश अनुसार सरकार बनोस् भन्ने मेरो चाहाना छ,’ देउवाको भनाइ उदृत गर्दै कांग्रेस नेता निधिले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?